मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना



Download our app to get more features

खोटाङ, २ साउन । दुवै मिर्गौलाले काम नगर्ने भएपछि खोटाङका एक मिर्गौलापीडितले सहयोगको याचना गरेका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका डिल्लीराज राईले दुवै मिर्गौला काम नलाग्नेगरी बिग्रिएकाले प्रत्यारोपणका खर्च जुटाउन सहयोगको याचना गर्नुपरेको मिर्गौलापीडित डिल्लीराजका बुबा धनराज राईले बताए । उनको डेढ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

विसं २०५१ मा जन्मिएका डिल्लीराजको स्वास्थ्यमा समस्या आएपछि विभिन्न अस्पताल धाउने क्रममा उनको दुवै मिर्गौला फेल भएको पत्ता लागेको हो । 

मिर्गौलाको उपचार ज्यादै खर्चिलो भएकाले शुभेच्छुकसमक्ष सहयोगको हात फैलाउनुपरेको धनराजले बताए । बनिबुतो गरेर जीवन निर्वाह गरिरहेका राई परिवारसँग मिर्गौला प्रत्यारोपण गर्न सक्ने आर्थिक क्षमता छैन । 

सरकारले मिर्गौलाको उपचारमा छुट गरे पनि औषधोपचार, खाना, आवासका लागि खर्च जुटाउनुपरेका स्थानीय च्यास्मीटार माविका प्रअ दानकुमार राईले बताए । रासस 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts