डेन्टल हाइजिन एजुकेसन भनेको के हो ? 



Download our app to get more features

मानिसलाई दाँतको समस्याका बारेमा कुरा गर्ने बित्तिकै डेन्टिस्ट भन्नेमात्र दिमागमा आउँछ । तर, चिकित्साशास्त्रको विकाससँगै दन्तरोग अन्तर्गत पनि विभिन्न ९ वटा विधामा पढाई हुनथालिसकेको छ । दन्तविशेषज्ञपछिको सहायकलाई डेन्टल हाइजेनिस्ट भनिन्छ । डेन्टल हाइजिनिस्टको काम दन्तचिकित्सकलाई काममा सहयोग गर्नु हो । जस्तै, दाँतहरु भर्न दन्तचिकित्सकलाई सहयोग गर्ने, गिजाहरुको अवस्था हेर्ने, आममानिसलाई दन्त स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने लगायतका कामहरु डेन्टल हाइजेनिस्टले गर्दछन । उनीहरुले गिजाभित्रको फोहोर र अवस्था हेरेर त्यसको रोकथाम र उपचार पनि गर्न सक्दछन् । पछिल्लो समय नेपालमा फेसनकै रुपमा चलेको नर्सिङ पेशामा अवसर नपाउने, पाएपनि सम्मानजनक नहुने अवस्थामा डेन्टल हाइजेनिस्ट एउटा उत्तम बिकल्पको रुपमा देखापरेको छ । 

के छ आकर्षण ?
नेपालमा डेन्टल सम्बन्धी पढाई हुने ८ वटा कलेजमा यस विषयको पढाई हुँदै आएको छ । विद्यार्थिहरु यो विषयमा आकर्षित हुनुको मुख्य कारण भनेको रोजगारीको ग्यारेन्टी जस्तै हो । यो विषय पढ्नेले कोर्ष सकिनु अगावै पनि काम गर्न थालिसकेका हुन्छन् । विशेषगरी केटीहरुमा यो विषयप्रति आकर्षण बढ्नुको अर्को कारण भनेको नाइट ड्युटी जान नपर्नु पनि हो । साथै, जागिर पाउने त छँदै छ तलब पनि यसमा अरुमा भन्दा बढि हुनेगरेको छ । दन्त स्वास्थ्यमा काम गर्नेहरुले राति काम गर्नुपर्ने अवस्था त्यति आउँदैन । 

नेपालमा यसको पढाई २०५६ सालबाट सुरु भएको हो । त्यतिबेला दुइवर्षे कोर्स थियो भने २०६२ सालयता तीनवर्षे कोर्स भएको छ । नेपालमा यसपछिको कोर्स भने उपलब्ध छैन । 

डेन्टल हाइजेनिस्ट भएपछिको काम के हो ? 
डेन्टल हाइजेनिस्ट भैसकेपछी उसले दाँतको अवस्था कस्तो छ, त्यहाँ फोहोरको मात्रा कस्तो छ भन्ने हेरेर स्केलिङ गर्ने लगायतका काम गर्नसक्छ । साथै, डेन्टल हाइजेनिस्टले मुख र मख स्वास्थको परीक्षण र प्राथमिक उपचार गर्ने गर्दछन ।  उनीहरुले फ्लोराइडहरु एप्लाई गर्न सक्छन र स्पेसिफिक ओरल हाइजेनिक इन्स्ट्रक्सनहरु दिन सक्छन । आममानिसलाई दाँत माझ्न सिकाउने काम पनि हाइजेनिस्टकै हो । फेर्नुपने दाँतको नाप लिने काम पनी हाइजेनिस्टकै हो । मुख र मुख स्वास्थ्य सम्बन्धी बिभिन्न खोज अनुसन्धान गर्ने र मुुख स्वास्थ्यको मेडिकल उत्पादनको मार्केटिङमा पनी उनीहरुको महत्वपूर्ण भुमिका हुन्छ । अस्पतालमा थलिएर बसेका बिरामीहरु जस्तै प्यारालाइसिस भएका बिरामीहरुलाइ ब्रसपनी गर्दिन सक्छन । मानव अङगमा मुख यस्तो अङग हो जसबाट मानिसमा लाग्ने ८० प्रतिशत रोगहरु सुरु हुन्छ ।  

डेन्टल हाइजेनिस्टको काम मुख तथा दन्त स्वास्थ्य सम्बन्धि जनचेतना जगाउनु, मुख तथा दन्तस्वास्थ्य र सामान्य स्वास्थ्यमा यस्को प्रभाव रसम्बन्धको बारेमा जनमानसमा चेतना अभिवृद्धि गर्नु, विद्यालय दन्त शिक्षा कार्यक्रम सञ्चालन गर्नु, समुदायमा दन्तशिविर सञ्चालन गर्नु तथा सो पूर्व समुदायसँग सम्बन्ध स्थापित गर्नु, गिजाको स्वास्थ्यमा विशेष ध्यान दिनु चेतना जगाउनु, छिटो किरा लाग्ने दातको सतहमा फ्लोराइड लेपन गरिदिनु, पिट र फिसर को छिटो किरालाग्ने भागलार्इ सिल गरिदिनु, विभिन्न खालको दाँतको एक्सरे लिनु, क्राउन वृज तथा कृत्रिम दाँत बनाउनु पूर्वको नाप लिनु,  मुख तथा दाँतको विभिन्न फोटोग्राफी लिनु,  धेरै हल्लिएको दाँत डेन्टल सर्जनको निगरानीमा निकाल्नु, मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्नु, आफ्नो सीमाभन्दा गाह्रो जटिल उपचारको लागी रेफर गर्नु आदि कामहरु पर्दछन। डेन्टल हाइजेनिस्टले कतिपय अवस्थामा डेन्टिस्टसँग मिलेर काम गर्छ भने आफै उपचार गर्न भने पाउँदैन । डेन्टल हाइजिनिस्टले अनिवार्य दन्त विशेषज्ञको सुपरिवेक्षणमा काम गर्नुपर्छ । 

डा. श्रेष्ठ दन्तचिकित्सकका साथै कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटका अध्यक्ष हुन् ।

Last modified on 2018-10-27 07:05:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Ramro sandarvik lekha Dr. Ko

  2. I am working in dubai as a oral and dental hyienist, with dha license very good salary and opportunity in uae for dental hygienist !!!!!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts