बैतडीलाई सुपोषित जिल्ला बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता



Download our app to get more features

काठमाडौं, २ साउन । बैतडीका स्थानीय तहका जनप्रतिनिधिहरुले आ– आफ्ना स्थानीयतहलाई बालविवाहमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सकारात्मक सोच सम्बन्धि कार्यशाला गोष्ठीमा सहभागी भएका जनप्रतिनिधिहरुले बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् । बालविवाहले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने कार्यक्रमका वक्तहरुले बताए ।  जिल्लामा रहेका १० ओटै स्थानीय तहका जनप्रतिनिधिहरुले आ –आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने घोषणा गरेका छन् । यसका लागि कार्ययोजना नै बनाएर अघि बढ्ने उनीहरुले बताएका छन् ।

पुरचौडी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जनकबहादुर बिष्टले बालविवाह समाजको कुसंस्कार भएको भएको बताए ।  जिल्ला स्वास्थ्य कार्यालयले तीनदिनसम्म सञ्चालन गरेको सकारात्मक सोच सम्बन्धि कार्यशाला गोष्ठीले धेरै कुरा सिकाएको जनप्रतिनिधिहरुको भनाई छ । जिल्लालाई बालविवाहमुक्त मात्रै होइन हिंसा रहित र सुपोषित जिल्ला बनाउने जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts