शिक्षण अस्पतालले यसै वर्षदेखि कलेजो प्रत्यारोपण सुरु गर्ने, मूलगेटमै हेलिप्याड पनि बन्ने



Download our app to get more features

काठमाण्डौं, १ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले यसै वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ३५ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका निर्देशक प्रा. डा. दीपक प्रकाश महराले आ.व. २०७४/०७५ भित्र कलेजो प्रत्योरोपण सेवा सुरु गर्ने बताएका हुन् । ‘कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार निमार्णका लागि बजेट निकासा भइसकेको र यसै वर्षदेखि प्रत्योपण गरिने छ’, उनले भने । 

साथै भाटभटेनी सुपरमार्केटले अस्पतालको मुलगेट सँगै हेलिप्याड सहितको १० तले भवन निमार्ण गरिदिने समेत बताए । ‘भवनमा शल्यक्रिया सहित ई.एच.एस. सेवा उपलब्ध हुने हुँदा शल्यक्रियाका लागि बिरामी बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने छ’ उनले भने ‘ई.एच.एस. सेवाबाट भएको आम्दानीको केही अंश आर्थिक स्थिति कमजोर भएका बिरामीको उपचारमा खर्च गरिने छ ।’

वार्षिकोत्सवको अवसरमा आयोजित कार्याकममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालमै गुणस्तरीय चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्न सकिन्छ भन्ने सन्देश शिक्षण अस्पतालले दिएको भन्दै प्रशंसा गरे । ‘यसले गर्दा स्वास्थ्य सेवामा विस्तार गर्न सहयोग पुग्नुको साथै आमनेपालीका लागि गणस्तरीय स्वास्थ्य सेवा पुर्याउने नेपाल सरकारको संकल्प पुरा गर्न मद्दत पुगेको छ’, उनले भने । 

आइओएमका डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालले आइओएमका कार्यक्रमहरु बढाउन कोशिस गरिरहेको बताए । एमबीबीएसको विद्यार्थी संख्या वृद्धि गरी एक सय पुर्याउने लक्ष्य भएपनि पूर्वावाधारको कमीका कारण बृद्धि गर्न समस्या रहको उनले बताए । उनले भने ‘हामीले संख्या बढाउनका लागि मात्र नभएर पूर्वाधार छिटोभन्दा छिटो विकास गर्ने विश्वास दिलाउन चाहन्छु ।  यसै वर्ष देखि बीडीएस (दन्त चिकित्साशास्त्रको स्नातक तह) सञ्चालन गर्ने समेत उनले बताए । 

त्रिवि शिक्षण अस्पताल २०४० सालमा जापान सरकारले निमार्ण गरिदिएको थियो । तीनसय एक शैय्याको अस्पताल हाल आएर करिब सातसय शैय्याको भएको भइसकेको छ । 

अस्पतालले आ.व. २०७२/०७३ मा ओपिडीमा तीन लाख ९१ हजार दुई सय ११ जनाको स्वास्थ्य जाँच गरेको थियो । यसैगरी ई.एच.एस.अर्थात विस्तारित अस्पताल सेवा अन्र्तगत ५४ हजार चार सय ४९ जना र इमर्जेन्सीबाट ५१ हजार तीन यस २४ जनाले सेवा लिएका छन् । 

अस्पतालले आ.व. २०७२/०७३ मा आन्तरिक श्रोतबाट ७३ करोड ९० लाख ६४ हजारा आम्दानी गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयबाट १४ कराड २३ लाख २८ हजार, नेपाल सरकारको तर्फबाट उपकरण खरिदका लागि ८ करोड ८५ लाख र सुरेश वाग्ने क्यान्सर स्मृति केन्द्र भवनको लागि ८ करोड गरी जम्म एक अर्व चार करोड ९८ लाख ९२ हजार रहेको थियो । 

आ.व. २०७३/०७४ को जेठ मसान्तसम्म आम्दानीतर्फ आन्तरिक श्रोतबाट ८० करोड ९४ लाख आठ हजार रहेको छ । 

Last modified on 2017-09-03 17:50:14

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts