६ औषधि कम्पनीलाई तत्काल औषधि फिर्ता लिन निर्देशन



Download our app to get more features

काठमाडौं, २६ असार । नेपाल सरकार स्वास्थ्य मन्त्रालय औषधी व्यवस्था विभागले विभिन्न ८ प्रकारका औषधिहरु न्युन गुणस्तरका भएका भन्दै सम्बन्धित उद्योग तथा तिनका आधाकारिक प्रतिनिधीहरुलाई तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

विभागले एक सुचना प्रकाशित गर्दै ति ब्याच नं.का औषधिहरुको विवरण १५ दिन भित्र विभागमा यथाशिघ्र बुझाउन पनि विभागले सुचित गरेको छ ।  औषधि ब्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएका ६ कम्पनि मध्ये ३ नेपाली र ३ भारतीय कम्पनीहरु रहेका छन् ।

भारतको सिप्ला लिमिटेडद्धारा द्धारा उत्पादित  IMUTREX 10 ( Methotrezate Tablet IP 10 mg )  नामको औषधि , ब्याच नम्बर GJ50390,  हुकाम फर्मासिटिकल् प्राली नेपालद्धारा उत्पादित  FACIN200( ofloxacin 200 mg )  नामको औषधि , ब्याच नम्बर – FC21502, हुकाम फर्मासिटिकल् प्राली नेपालद्धारा  उत्पादित FACIN 400 ( ofloxacin 200mg) नामको औषधि , ब्याच नम्बर– FC21503, एपेक्स फर्मासिटिकल प्राली विरगञ्ज नेपालद्धारा उत्पादित PANTAZOLE 40 (Pantoprazole tablet USP) नामको औषधि , ब्याच नम्बर T–73077, दिव्या फार्मेसी  उत्तराखण्ड भारतद्धारा उत्पादित HARITAKI CHURNA  नामको औषधि , ब्याच नम्बर– A–HTC94, सिम्का ल्याबरोटोरिज नेपालद्धारा उत्पादित MOGYL 1000 (RInidazole tablet )नामको औषधि , ब्याच नम्बर – T 16/057, श्री विद्यानाथ आयुर्वेदिक भारतद्धारा उत्पादित ASHWAGANDHADI CHURNA, नामको औषधि , ब्याच नम्बर–२४,  श्री विद्यानाथ आयुर्वेदिक भारतद्धारा उत्पादित उत्पादित, DHATUPAUSHTINK CHURNA नामको औषधि ,  ब्याच नम्ब–२७ रहेका छन् । यी औषधिहरु प्रयोग नर्गन नगराउन पनि विभागले सबैमा सचेत समेत गराएको छ ।

Last modified on 2017-08-01 16:47:51

2 Comments

  1. Yo ramro kam ho janata ko swasthya rakchha garnu rajya ko kartabya ho thik sanga Nirantar hunuparyo

  2. Ofloxacine KMC bat khan diyo tara ytidherai side effect bhayo mai dosro dinbat banda garaya paichhi ramro bhyo KHC ma studentharu sbaile yahi ofloxacine lekhchhn yo 2 hapta hahilako kura ho


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts