मुख मैथुन गर्नुहुन्छ ? खतरनाक यौन रोग गनोरिया होला है !



Download our app to get more features

बीबीसी । मुख मैथुनबाट गनोरिया जस्तो खतरनाक यौनरोग सर्नै संभावना अधिक हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

डब्लुएचओको चेतावनीलाई उद्धित गर्दै बिबिसीले भनेको छ, ‘गनोरिया नामक यौन रोग यदि कारणवश हामीमा लाग्यो भने यसको उपचार निकै जटिल मात्र छैन कतिपय अवस्थामा यो रोगको उपचार नै संभव छैन’। विशेषज्ञका अनुसार धेरै प्रयोगका लागि नयाँ–नयाँ औषधी बनाइए पनि यस रोगका लागि कामै गर्न सकेका छैनन् । विश्वमा हरेक वर्ष ७.८ करोड मानिस यो रोगबाट ग्रसित हुने गरेको डब्लुएचओले दाबी गरेको छ । गनोरिया रोग लागेपछि त्यसको सिधा असर व्यक्तिको प्रजनन क्षमतामा पर्ने डाक्टरहरु बताउँछन् । डब्लुएचओले ७७ देशका आंकडाहरु विश्लेषण गर्दै यो पत्ता लागेको दाबी गरेको छ की,गनोरिया रोगसँग एन्टीबायोटिक्स औषधि जुध्न सजिलो छैन् । 
 

डब्लुएचओका डाक्टर देवदोरा वी का अनुसार जापान,फ्रान्स र स्पेन यस्ता देशमा पर्छन जहाँ गनोरिया रोगको कुनै किसिमको उपचार उपलब्ध छैन् । उनले भनेका छन्– ‘गनोरिया एउटा यस्तो राक्षस रोग हो जसलाई हरेकपटक नयाँ एन्टिबायोटिक्स औषधि बनाएर प्रयोग गर्दा पनि ति किटाणुमा कुनै असर पर्देन’ । डब्लुएचओ भन्छ – ‘यसमा चिन्ताको कुरा त यो छ की, यो रोगले गरीब देशमा आफ्नो डेरा बलियो गरी जमाउने गर्दछ कि जहाँ उपचारका आर्थिक रुपमा सक्षम रहेका हुदैनन्’ । 

मुख मैथुन :
गनोरीया यौनजन्य रोग हो । यो किटाणुको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । गुप्तांग, मलद्धार, तथा घाँटीमा यस रोगका किटाणुले समाउने गर्दछन् । डाक्टरहरुका अनुसार हामीले सेवनगर्ने एन्टिबायोटिक्सले हाम्रो घाँटीमा नयाँ जीवाणुको जन्म दिन्छ र यसमा गनोरियासँग जोडिका चीज पनि रहेका हुन्छन् । 

डाक्टर देवदोरा वीका अनुसार यदी हामीले खोकी निको पार्नको लागि कुनै प्रकारको एन्टिबायोटिक्स सेवन गर्छौै भने त्यसले नाइसिरिया नामक प्रजातीको जीवाणुको उत्पादन गरिदिन्छ । यस्तो अवस्थामा हामीले मुख मैथुन गरियो भने गनोरिया रोग फैलने सम्भावना बढि हुने डब्लुएचओको दाबी छ । डाक्टर देवदोरा वीका अनुसार अमेरिकामा एक पुरुषले अर्को पुरुषसंग मुख मैथुनगर्दा यो रोग उत्पन्न हुन्छ किनभने यो रोग घाँटीको इन्फेक्सनबाट शुरु हुने गर्दछ । बरु प्राकृतिक यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गरियो भने यो रोग सर्न सक्दैन् तर मुख मैथुनले उच्च रुपमा यो रोग सार्ने संभावना रहन्छ । 

के हो गनोरिया ?


यो रोग जीवाणु बोकेको रोग हो । यसको जीवाणुलाई नायसीरीया नामले चिनिन्छ । यो रोग मुख मैथुन, मलद्धार मैथुन आदिबाट सर्ने गर्दछ । 
यो रोगबाट ग्रसित मानिस मध्ये १० मानिसहरु मध्येमा १ समलिङगी पुरुषका साथै ७५ प्रतिशत महिला तथा पुरुष रहने गरेको डब्लुएचओ बताउँछ । यसको लक्षण पत्ता लगाउन सजिलो नभएको डाक्टरहरु बताउँछन् । त्यहि पनि पिसाब गर्दा पिडा हुने,रगत निस्कने लक्षण यस रोगका लक्षण हुन सक्ने बताइन्छ । 

यो रोग लागेका व्यक्तिको प्रजनन क्षमता कमजोर हुनुका साथै बच्चा नै नहुने समस्या हुने डाक्टरहरु बताउँछन् ।
 

Last modified on 2017-07-09 06:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts