गर्भावस्थामा महिलाले आफ्नो स्याहार कसरी गर्ने ?



Download our app to get more features

र्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खान मिल्दैन भन्ने धेरै भ्रम रहेको पाइन्छ । यस्तो अवस्थामा हाम्रो भान्सामै तयार हुने खाना (दाल भात तरकारी) नै खानु उपयुक्त हुन्छ । तर गर्भावस्थामा शरीरमा हुने हर्मोनको गडवढीका कारण वाक वाक लाग्ने खाना हेर्न मन नलाग्ने, रुची नहुने  जस्ता समस्या देखिन्छ । कतीपय अवस्थामा र्गभवतीहरुका भान्सामा जानै मन नलाग्ने हुन्छ । यस्तो अवस्थामा उनीहरु भान्सामा जाँदा बान्ता हुने जस्ता समस्या धेरैलाई भएको पाइन्छ ।  

गर्भावस्थामा एकै पटक धेरै खानु हुँदैन । थोरै थोरै खाना अर्थात २४ घण्टामा कम्तीमा पनि ६ देखि ७ पटकसम्म खानुपर्छ  । हरेक ३÷४ घण्टाको फरकमा खाने गर्नुपर्छ । प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ । धेरै उल्टी गर्भवतीहरुले काजु, किसमिस, बदाम खाने गर्नुपर्छ । यस्तो खाने कुराले उल्टी कम गर्न सहयोग पुग्छ । 

कतिपयले गर्भावस्थामा पानी कम पिउने गरेको पाइन्छ । तर, यस्तो अवस्थामा प्रसस्त पानी पिउनु पर्छ । जसले आमा र बच्चा दुबैको शरीरमा पानीको मात्रा पुग्दछ र अक्सिजनको मात्रा पनि सन्तुलनमा राख्दछ । तर, पानी पनि एकै पटक धेरै पिउनु हुँदैन । एक एक गिलास पानी एक एक घण्टाको फरकमा पिउनु पर्छ । गर्भावस्थामा उल्टी हुने समस्या जस्तै कब्जियत पनि एक हो । कब्जियत रोक्नका लागि रातो मासु नखाने, भात पनि पहिला भन्दा गिलो बनाएर खाने गर्नुपर्छ ।

यसको बाबजुद पनि निरन्तररुपमा उल्टी भइरहेमा अस्पतालमा आएर पिसाबमा एसिटोन जाँच गर्नुपर्छ । यदि एसिटोन पोजेटिभ आएमा अस्पताल भर्ना समेत गर्नुपर्ने हुन्छ । नियमित उल्टी हँुदा शरीरमा रहेको सम्पूर्ण ग्लुकोजको मात्रा सकिएको अवस्थामा एसिटोन पोजेटिभ देखिने हुन्छ । यस्तो अवस्थामा शरीर ग्लुकोजको मात्रा परिपूर्ति गर्नका लागि एक घण्टामा ६ बोतल स्लाइन दिनुपर्ने हुन्छ । 

यसरी पनि नभए अमेरिकन फूड एण्ड ड्रग एशोसियसनले विभिन्न औषधिको वर्गिकरण गरेको छ । जस अनुसार ए र बी(गर्भावस्थामा पनि खान सकिने औषधि) का औषधिहरु सेवन गर्नु पर्ने हुन्छ । जुन औषधिहरु गर्भावस्थामा सुरक्षित मानिन्छन् ।  

Last modified on 2017-08-01 16:55:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Chatpate, pani puri ani chauchau matra pryackhana man hunxa . Khada k hun xa hola?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts