नवजात शिशुलाई हुने जण्डिस के हो ? कसरी उपचार गर्ने ? 



Download our app to get more features

वजात शिशुमा पहेँले रोग पनि भनिने जण्डिस देखिएर धेरै अभिभावक अँत्तालिने गरेको पाइन्छ । यस्तो अवस्थामा शिशुमा धेरै देखिने समस्या पनि हो जण्डिस । नवजात  शिशुमा देखिने जण्डिसबारे समाजमा अझै केही भ्रम रहेको पाइन्छ । के हो नवजात शिशुमा देखिने जण्डिस ? र अभिभावकले अपनाउनु पर्ने सचेतनाबारे बालरोग विशेषज्ञ डाक्टर सुजन सायमी यसो भन्छन्ः

जन्मदेखि १ महिना अवधिका शिशुलाई नवजात शिशु भनिन्छ ।  यो शिशु स्वास्थ्यलाई लिएर अतिनै संवेदनशील अवस्था पनि हो । यस अवस्थामा बच्चालाई वातवरणमा समायोजन हुन अतिनै गाह्रो पर्छ । यस उमेरमा शिशुमा धेरै समस्या देखापर्छ । यो समयमा सानोमात्र लापर्वाही वा असावधानीले शिशुको ज्यानै जान सक्छ । हाम्रो चलन चल्तीको भाषामा जण्डिसलाई पहेँले रोग पनि भन्निछ । तर चिकित्सा शास्त्रमा रगतमा विलिरुनिको मात्र धेरै हुनुलाई नै जण्डिस भनिन्छ । चिकित्सा शास्त्रले जण्डिसलाई आफैमा रोग होइन भन्छ । 

नवजात शिशुमा देखिने जण्डिसलाई नियोनेट हाइपर विलिरुबिनोमिया वा नियोनेटल जण्डिस भनिन्छ । यस्तो जण्डिस सामान्य देखिय फिजियोलोजिक र असामान्य भए प्याथोलोजिकल भनी छुट्टाइन्छ । 

जण्डिस यसरी देखिन्छ
शरीरमा विलिरुविन रक्तकोषको विसर्जन हुँदा पुनः वा प्रत्युत्पादक पदार्थको रुपमा पैदा हुन्छ । रगतमा हिमप्रोटिनको रुपमा रक्तकोषमा रहेका हेमोग्लोविन खण्डित हुँदा १ ग्राम हेमोग्लोनि बराबर लगभग ३४ मिलिग्राम विलिरुविन उत्पादन हुन्छ । 

नवजात शिशुमा जण्डिस देखिने मूख्य कारण

  • शिशुको कलेजो अपरिपक्व हुनु ।
  • रगतमा भएको चिल्लो पदार्थलाई पित्तमा परिवर्तन गर्न नसक्नु ।   
  • विलिरुविनको धेरै उत्पादन गर्नु वा रक्तकोषको आयु १२० दिन भन्दा कम हुने हुँदा रक्तकोषको लोड धेरै हुनु ।   
  • ज्यादातर इन्टेरोहेपाटिक रक्तसंचार हुनु   
  • आमा र बच्चाको रक्तसमुह नमिल्नु ।
  • इनजाइमको कमी हुनु ।   
  •  शिशु पेटमै हुँदा कुनै संक्रमण हुनु ।
  •  जलबियोजन, लगातार बान्ता हुनु ।

नवजात शिशुमा जण्डिस हुँदा शिशु पहँेलो देखिन्छ ।  सबैभन्दा पहिला शिशुका आँखा, पिसाब पहेँलो देखिन्छ ।नवजात शिशुमा हुने अधिकांश जण्डिस घाममा राख्दा एक हप्ता भित्रमा आफै ठीक हुन्छ । त्यसको अँत्तालिनु पर्ने वा अन्य औषधिको सेवन गराउनु पर्ने हुँदैन । यो जन्मेको एकदुई दिनबाट देखापर्छ । तर जन्मँदै पहेँले देखियो या एकहप्ता भन्दा बढी समयसम्म रहीरहो भने तुरुन्त अस्पताल लानुपर्छ । 

असामान्य रुपमा वा कलेजोको कमजोरीका कारण मात्र देखिएको रहेनछ भने त्यसको बेलैमा उपचार नगर्दा मष्तिस्कमा समेत हानी पुर्याउँछ । यसअर्थ उमेर नपुगी जन्मिएका बच्चा, आमामा सुगर वा प्रेसर छ भने पनि उपचार गराइहाल्नु पर्छ । समयमै उपचार नगराए अन्ततः भविष्यमा गएर शिशु अस्वस्थ हुनसक्छ ।

प्रस्तुतीः सर्मिला थापा

Last modified on 2017-08-01 17:03:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts