मोटोपन घटाउने सबैभन्दा सजिलो उपाय....



Download our app to get more features

मोटोपन भन्ने वित्तिकै जो कोहीपनि डाइटिगं तिर लाग्ने गरेका छन् । मोटो देखिने जो कोहीले पनि आफूलाई स्लिम र आकर्षक देखिन अनेक उपायहरु अपनाउने गर्छन् । हुन त आवश्यकता भन्दा बढी मोटो व्यक्तिलाई अनेक रोगहरु लाग्ने र शरीरपनि नराम्रो देखिन्छ । त्यसैले अलिकतिपछि तौल बढ्यो र मोटाइयो भने तपाईँ हामी जो कोही पनि अनेक उपाय अपनाउन सुरु गर्छौ । तर, सहि उपाय र सहि तरिकाले उपायलाई नियमित अबलम्बन गरेनौँ भने त्यसको नकारात्मक असर पर्न जान्छ र झन् मोटाइन्छ । तर, अब तपाईँले चिन्ता लिनुपर्ने आवश्यक्ता छैन् । आज हामी तपाईँलाई केही यस्ता सजिलो उपाय बताउन गइरहेका छौँ जसको प्रयोगले तपाईँले छिटै र सजिलै आफ्नो शरिरमा भएको बोसोलाई कम गर्दैै मोटोपन घटाउनमा मद्दत गर्छ ।

मोटो भए भनेर चिन्ता लिएर हामीले एक छाक मात्रै खाने वा खाँदै नखाने पनि गर्छौ । तर, त्यसको ठिक उल्टो परिणा हुन्छ र तपाईँ झन् मोटाउन थाल्नु हुन्छ । यस अवस्थामा केही सजिलो उपाय जसले तपाईँको मोटोपन कम समयमै सजिलै कम हुन सक्छ ।

जानौँ ती सजिलो उपायका बारेमा :

१. दिनमा ३ पटक खाना खाने ।

२. खाना नखानाले अनुहारको चमक कम हुन्छ । त्यसैले खाना कहिल्यै पनि छोड्नु हुँदैन ।

३. बिहानको खाजामा दूध, फल वा दाल खाने ।

४. खाजा र खानामा सके सम्म चिनीको प्रयोग नगर्ने ।

५. कम गुलियो भएको फल जस्तै : मेवा, स्याउ, केरा कम खाने ।

६. निद्रा पुरा हुने गरी सुत्ने । जसले तौल कम हुनुका साथै अनुहारमा निखार आउँछ ।

७. ओट्स र गहुँको पिठोको रोटी खाने ।

८. नियमित रुपले व्यायाम गर्ने ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 14:13:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts