नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि रिहा



Download our app to get more features

बेइजिङ, १३ असार । जेलमा हुदै नोबेल पुरस्कार पाएका चिनियाँ नागरिक लिउ सिआबोलाई ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ । 

गत मे महिनाको २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित लिउलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त गरिएको उनका वकीलले बताए । 

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे । 

लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि मात्र पुरा गरेका छन् । 

लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघि देखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको थियो ।  

अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए । रासस

 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts