Browse new version of Hamro Doctor news.hamrodoctor.com
NEWS: – राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुका प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न स्वास्थ्य उपकरणहरु पठाइएको छ । – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत भए पनि क्यामरा जडान नहुँदा सञ्चालनमा ढिलाई । – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब सिटी स्क्यान सेवा सुरु हुने भएको छ । – शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा माओवादी नेता गिरिराजमणि पोखरेल आउने भएका छन् । – उपत्यकामा यसवर्ष तीन जनामा हैजाको जिवाणु फेला परेको छ, तीनै जना ललितपुरका रहेका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी नयाँ निर्देशिकामा रहेका गम्भीर त्रुटिहरु

प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी नयाँ निर्देशिकामा रहेका गम्भीर त्रुटिहरु

हालै स्वास्थ्य मन्त्रालयबाट जारि गरिएको स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धि निर्देशिका २०७३ मा अभिन्न अंग मानिएका अनुसूची ७ मा उल्लेख भएका रुटिन र बिशेष जाँचहरुको सूचि अबैज्ञानिक रुपमा प्रस्तुत गरिएको छ जुन संसोधन गर्नुपर्ने देखिन्छ ।

यस अनुसूचिमा हिस्टोप्याथोलोजी साइटो प्याथोलोजीका सामान्य जाँचहरु (एचएनइ स्टेन, एफ एनएसी जिम्सा स्टेन र पैप स्टेन जस्ता सामान्य किसिमको जाँचहरु) लाई पनि विशेष जाँचमा बर्गिकरण गर्नु र थाइराइड जाँच र हर्मोन जाँचहरुलाई रुटिन जाँचमा राख्नु आपत्तजनक छ । साथै जेनेटिक र मोलिकुलर जाँचहरु नितान्त बायोकेमिष्ट वा माइक्रोबायोलोजिष्टर भाइरोलोजिष्टले गर्ने जाँचलाई समेत प्याथोलोजिष्टले गर्ने मनसाय राख्नु पनि असान्दर्भिक देखिन्छ । यस्तो प्राबधानले बायोकेमिष्ट माइक्रोबायोलोजिष्ट तथा वाइरोलोजिष्टले गर्ने कार्यमा हस्तक्षेप गरी प्याथोलोजिष्टको सुप्रिमेसी कायम गर्नु हो । 

साथै अनुसूची ८ मा उल्लेखित प्राबधानहरु आपत्तिजनक तथा प्रयोगशाला जनशक्तिलाइ ब्यबस्थित गर्ने परिषद नेपाल स्वास्थ्य ब्यबसायी परिषद ऐन २०५३ र नियमावली २०५६ ले प्रदान गरेको अधिकारलाई समेत कटौति गर्ने गरी आएको छ । हुनत कानूनी रुपमा ऐन तथा नियमावलीमा उल्लेखित अधिकारलाई यो निर्दे्शिकामा उल्लेखित अनुसुचिले केहि फरक नपर्ला तर यसले प्याथोलोजी र मेडिकल टेक्नोलोजी समुहबीच रहेको अन्योनाश्रय सम्बन्धमा फाटो ल्याउनेछ  ।अनुसूची ८ मा भएको प्रयोगशालाको प्रमुख र रिपोर्टमा सहि गर्ने कुरा स्वास्थ्य मन्त्रालय अन्तर्गतका परिषदले दिएको अधिकारलाई कटौति गरेको देखिन्छ जुन कानुन सम्मत छैन । परिषदले दिएको अधिकार कटौति गर्ने अधिकार कसैलाई छैन ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका परिषदले कुनै प्राविधिकलाई उसले अध्ययन गरेको कोर्सको आधारमा र उसले अध्ययनको क्रममा हासिल गरेको सिपको आधारमा उसले गर्ने कार्य र गरेको कार्यको प्रमाणीकरण गर्ने अधिकार दिएको हुन्छ जुन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला –एनपीएचएल) टेकुले बनाएको कुनै निर्देशिकाले कटौति किमार्थ गर्न सक्दैन । अर्को पीएचडी योग्यता एकाडेमिक र अनुसन्धानको उदेश्यको लागि उपयोगी हुने तर कुनै बिषयमा विज्ञता नहुने हुनाले नेपाल स्वास्थ्य ब्यबसायी परिषदले दर्ता गर्ने नगरेको सन्दर्भमा कुनै जनशक्तिले गर्ने प्रयोगशाला जाँच वा त्यसको प्रमानीकरणसँग कुनै सम्बन्ध राख्दैन तसर्थ पीएचडी योग्यतालाइ परिषदले मान्यता नदिएकोले उक्त कुरा यस निर्देशिकामा उल्लेख हुनु असान्दर्भिक छ, तसर्थ उक्त पीएचडी योग्यता यस अनुसूचीबाट हटाउनु पर्छ ।  

यस निर्देशिकामा केहि ठाउँमा नेपालमा नभएको जनशक्तिको समेत उल्लेख गरिएको छ जस्तै ल्याबोरेटोरी फिजिसियन र ल्याबोरेटोरी साइनटिष्ट पनि जनमानसमा भ्रम उत्पन्न गराउने खालका र स्वास्थ्य सेवा ऐन र नियमावलीको अनुसूची भन्दा बाहेक तथा मेडिकल टेक्नोलोजी वा प्याथोलोजी समुहमा उल्लेख नभएको शब्द राख्नु आपत्तिजनक छ ्र प्याथोलोजिष्टले माइक्रोबायोलोजी, बायोकेमेष्ट्री, सेरोलोजी, जेनेटिक र मोलिकुलर जाँच गर्नु पनि नमिल्ने र आफ्नो विषय भन्दा बाहेकका कार्य गर्ने देखिन्छ । कुन जनशक्तिले कुन कार्य गर्ने वा नगर्ने बिशुद रुपमा सम्बन्धित परिषदले तोकेको अबस्थामा यस निर्दे्शिकामा कुनै सरोकारवालासँग छलफल नगरी सुटुक्क यस निर्दे्शिकामा समाबेश गरेकोमा यस सँग सम्बन्धित परिषद र एसोसिएसनहरु बिरोधमा उत्रिएको छ ।

यसअघि माइक्रोबायोलोजी उप समुह स्वास्थ्य सेवा नियमावलीमा समाबेश गरेकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी हालसम्म पाँच जनाको पूर्ति गर्ने नसकेको, मेडिकल टेक्नोलोजी समुहको ११ तहको दरबन्दी कटौती गरेको, मेडिकल टेक्नोलोजी समुहको ११ तहको दरबन्दी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हटाई अन्य ठाउँमा (क्षेत्रीय अस्पताल बिराटनगर र बिर अस्पताल) सारेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रमुख मेडिकल टेक्नोलोजी समुहका विज्ञ हुन नपाउने गरी नियोजित अमर्यादित कार्य गरी प्रयोगशाला क्षेत्रमा बिकृति ल्याएको आरोप यस क्षेत्रको सरोकारवालाहरुले लगाएका छन । 

प्याथोलोजी र मेडिकल टेक्नोलोजी समुहमा जम्मा चार विषयहरु जस्तै हेमाटोलोजी, हिस्टोप्याथोलोजी, बायोकेमेष्ट्री र माइक्रोबायोलोजीका बिषय विज्ञहरु क्रमशः हेमाटोलोजीष्ट, हिस्टोप्याथोलोजीष्ट (सामान्य बोलचालको भाषामा प्याथोलोजिष्ट) , बायोकेमिष्ट र माइक्रोबायोलोजीष्ट (वाईरोलोजिष्ट, ब्याकटेरियोलोजिष्ट, इमिनोलोजिष्ट, पारा साइटोलोजिष्ट, माइकोलोजिष्ट) जस्ता विज्ञ जनशक्ति हुन्छन । माथि उल्लेखित विज्ञहरु मध्ये प्याथोलोजी समुहमा हिस्टो साइटो (हिस्टोलोजी र साइटोलोजी) प्याथोलोजीष्ट हुन्छ जुन मेडिकल टेक्नोलोजी समुहमा हँुदैन तर साइटोलोजिष्ट मेडिकल टेक्नोलोजी समुहमा हुन्छ । तसर्थ सम्बन्धित बिषयमा विज्ञता हासिल गरेको र परिषदमा दर्ता भएको सम्बन्धित बिषयको विज्ञ उक्त बिषयमा कार्य गर्न, रिपोर्ट प्रमाणीकरण गर्न र प्रमुख हुन सक्षम हुन र प्याथोलोजी र मेडिकल टेक्नोलोजी दुवै समुहका विज्ञ बराबर हुन । साथै प्याथोलोजी र मेडिकल टेक्नोलोजी अलग अलग स्वतन्त्र समुहहरु स्वास्थ्य सेवा ऐन र नियमावलीमा प्रस्ट रुपमा उल्लेख छ। यस निर्देशिकामा उल्लेख भए जस्तो प्याथोलोजी समुहको मुनि मेडिकल टेक्नोलोजी समुह रहेको कुरा सरासर गलत प्रचार र भ्रम हो । यी दुवै समुह प्रयोगशाला जाचको लागि एक अर्काका परिपुरक हुन र रोगको पहिचानको लागि महत्वपूर्ण हुन । 

साथै यो निर्दे्शिकामा बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट जस्ता विज्ञहरुले गर्ने कार्य पनि प्याथोलोजिष्टले गर्ने गरी उल्लेख हुनु आपतिजनक बिषय हो यसमा एमडी बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट तथा एमएससी मेडिकल र क्लिनिकल बायोकेमिष्ट र माइक्रोबायोलोजिष्टहरु पनि चनाखो हुनु आवश्क देखिन्छ । प्रयोगशालाको समुहको आधारमा प्रमुख तोकिनुभन्दा कामको प्रकृतिको आधारमा जनशक्तिको दरबन्दी कायम हुनु पर्दछ जुन स्वास्थ्य मन्त्रालयको अस्पताल स्थापना र स्तरउन्नति मापदण्ड निर्दे्शिकामा उल्लेख गरिएको छ । जहाँ हिस्टोसाइटो सम्बन्धि शरीरका तन्तु रमासु वा बडी फ्लूड वा सर्जरी गरेको तन्तुबाट क्यान्सरको जाँच हुने ठाउँमा प्याथोलोजिष्टको दरबन्दी अनिबार्य चाहिन्छ । हिस्टोसाइटो बाहेकका प्रयोगशालामा प्रयोगशालाको जाँच नगर्ने तर रिपोर्टमा सहि गर्नलाई वा प्रयोगशालाको प्रमुख बनाउनलाई वा प्रयोगशालाको जाँचको सहि रिपोर्टमा बिना तथ्य मेनुपुलेसन गर्न प्याथोलोजिष्टको दरबन्दी राख्नु भनेको सेतो हाथी पाल्नु बाहेक अरु केहि होइन ।

निर्देशिका लागु गर्न जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकास गर्नु जरुरी 
हालै स्वास्थ्य मन्त्रालयबाट जारि गरिएको स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड सम्बन्धि निर्दे्शिका २०७३ अनुसार मेडिकल प्रयोगशाला सेवाको गुणस्तर कायम गर्ने नियामक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुको क्षमता बढाउनु पर्ने र उक्त कार्यको लागि बिभिन्न शाखाहरु बिस्तार गर्नु पर्ने र उक्त शाखालाई चाहिने दक्ष जनशक्तिहरुको दरबन्दी थप गर्नु पर्ने तत्काल आवश्क छ ्र तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुले यस कार्यको लागि तयार भएको देखिदैन । यो निर्दे्शिका बमोजिम चाहिने शाखाहरु जस्तै किट रिएजेंटको गुणस्तर हेर्ने शाखा, आन्तरिक एबम बाहिरी गुणस्तर हेर्ने शाखा, उपकरणहरुको गुणस्तर हेर्ने शाखा, प्रयोगशालाजन्य फोहर ब्यबस्थापन शाखा, प्रयोगशाला अनुमति र अनुगमन शाखा, प्रयोगशाला जैविक सुरक्षा शाखाको स्थापना तुरुन्तै गर्नु पर्ने देखिन्छ साथै उक्त शाखाहरुमा चाहिने तालिम प्राप्त दक्ष जनशक्तिको दरबन्दी पनि थप गर्नु पर्ने देखिन्छ । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला –एनपीएचएल) टेकुले सीमित जनशक्तिबाट उक्त कार्य गरेकोले त्यसको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ । तसर्थ आवश्यक शाखाहरु र जनशक्तिको दरबन्दी थप गरी यस निर्दे्शिका बमोजिम प्रयोगशालाको सेवाको गुणस्तर कायम गर्नु आजको चुनौति हो । 

लेखक सि.कन्सल्टेन्ट बायोकेमिष्ट एण्ड भाइरोलोजिष्ट हुन् । उनी नेपाल स्वास्थ्य ब्यबसायी परिषदका पुर्बअध्यक्षसमेत हुन् । 

Swastha Bema AD below news KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (4)

  • Nabin khadka on Tue, Jun 27 2017 04:49 PM

    अतीनै महत्त्वपूर्ण कुरा प्रश्ट रुपमा राख्नु भएको......

  • Pradip on Tue, Jun 27 2017 02:31 PM

    Very good judge...

  • Tulsi Bahadur Shrestha on Tue, Jun 27 2017 10:14 AM

    Nphl को निर्देशिका राम्रो मनसायले आएको देखिन्दैन। यदि हाम्रो देशको pathology सेवालाई गुणस्तर बनाउने हो भने pathologist ले histocyto मात्र ;hematologist ले hematologist ले मात्र ;biochemist ले biochestry को मात्र ; microbiologist ले मात्र सम्पूर्ण test हरु गर्न पाउने हुनुपर्छ । आफुले मात्रै सबै test गर्न पाउने अरुलाइ गुणस्तरको नाममा अन्कुस लाउने गलत प्रवृत्ति हो । मलाई लाग्छ यस्तो प्रबृत्तिको समर्थन कुनैपनी स्वाभिमानी pathologist ले गर्ला जस्तो लाग्दैन ।

  • khem nath on Mon, Jun 26 2017 10:40 PM

    सुदहार गनु


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top