जनावरबाट मानिसमा सर्ने क्षयरोग निकै घातक !



Download our app to get more features

काठमाडौं, १२ असार । जनावरमा हुने टिबी मानिसका लागि निकै घातक हुने पशु चित्सिकहरुले बताउँछन् ।

तर पहिलाको तुलनामा आजभोली यो मात्रामा केहि कमि आएको छ । जनावरलाई क्षयरोग दुषित खानेकुराबाट सर्ने गर्दछ । यदि मानिसलाई पशुमा लाग्ने क्षयरोग लागेमा निकै खतरनाक हुने चिकित्सकहरु बताउँछन् । यतिसम्म कि मानिसलाई हुने क्षयरोग भन्दा जनावरबाट सरेको क्षयरोगको उपचार जटिल हुने गर्दछ । तर खुशीको कुरा के छ भने मानिसलाई हुने क्षयरोगको तुलनामा जनावरलाई हुने क्षयरोग निकै कम मात्रामा भेटिन्छ । क्षयरोग तथा फोक्सोसंग सम्बन्धित रोगको निराकरण गर्ने अन्तराष्ट्रिय संस्थासंग सम्बिन्धत डाक्टर ओलिया पोपेल्का भन्छन् : यसतर्फ सबैको  ध्यान जान निकै जरुरी छ । उनका अनुसार यो एकदमै सानो समस्या हो, तर कयौंवर्षदेखि यसतर्फ ध्यान दिइरहेको पाइदैन । 

मेक्सिकोमा भएको एक अध्यनअनुसार मानिसमा जनावरबाट सर्ने टिबीको दर २८ प्रतिशत रहेको छ । भने भारतमा गरिएको अर्को अध्धयनमा यो दर ९ प्रतिशत मात्र भेटिएको बिबिसीले लेखेको छ । डाक्टर पोपेल्काका अनुसार विश्वभरमा हरेका वर्ष ९० लाख मानिस क्षयरोगको सम्पर्कमा आउने गरेका छन् ।

(बिबिसी हिन्दीबाट )
 

Last modified on 2017-06-26 14:54:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts