ग्यास्ट्रिकको औषधि खानुहुन्छ ? हैजा कडा हुनसक्छ !



Download our app to get more features

स बर्षपनि हैजा देखिन शुरु भैसकेको छ। ललितपुर जिल्लाबाट शुरु भएको हैजा फैलने क्रममा छ। कुनै बेला अचानक धेरै संख्यामा हैजाको बिरामी टेकु अस्पतालमा भर्ना भए भन्ने सुने अचम्म नमाने हुन्छ। तर सबै परिवारको सदस्यहरुसँग होस् वा साथीभाईसँग वा कार्यालयमा सबै कर्मचारीहरुले एउटै क्यान्टिनमा खाना वा पानी पिउँदा सबैलाई एकै प्रकृतिको कडा हैजा लागेको देखिँदैन। उपचारको लागि कोही भर्ना हुने र कोही घरमा सामान्य अवस्थामा स्वास्थलाभ गरेको देखिन्छ। अझ भनौं ८० (असी प्रतिशत) भन्दा बढीमा लक्षण नै देखा पर्दैन।

यसको पछाडी बिभिन्न वैज्ञानिक कारणहरु पुष्टि गरेको देखिन्छ जसमा हैजा कडा लागनुको एउटा प्रमुख कारण पेटले उत्पादन गर्ने अम्लीयपन (एसिड) को मात्र कुनै कारणले कम हुनु हो। झन्डै आधा दशक अगाडी देखि गरेको अनुसन्धानहरुले हैजाको ब्याक्टेरियालाई पेटमा उत्पादन हुने अम्लियापनले आंशिक रुपमा निर्मुल पार्दछ तर कुनै कारणबस कम भए हैजाको जटिलताको हुने सम्भावना अत्याधिक हुन सक्दछ। एउटा भनाइ छ, ग्यास्ट्रिक (ग्यासट्राइटिस) नभएको नेपाली नै हुदैन भनेर भन्ने गरिन्छ जसको अर्थ धेरै नेपालीले ग्यास्ट्रिकको औषधि  लिरहेको हुनसक्छ।

जसले लामो समयदेखि यस्तो औषधि लिरहेको व्यक्तिले हैजाबाट बच्न विशेष ध्यान पुर्याउनु पर्छ। नेपालमा वर्षेनी हैजा देखिने भएकोले ग्यासट्राइटिस भएका नेपालीहरुले बिशेष सजकता अपनाउनु पर्दछ। 

सावधानीका उपायहरुः
१. खानेपानी उमालेर मात्र पिउने गरौ। 
२. खाना तयार भएपछी सकेसम्म छिटो उपभोग गरौ। 
३. जारको पानी किन्दा बिशेष सजकता अपनाउ। 
४. घर बाहिर खाना वा पानी प्रयोग गर्दा बिशेष सतर्कता अपनाउ। 
५. घरमा कोही हैजा संक्रमित भए अरु सदस्यहरुले बिशेष गरी बालबालिका र वद्धवृद्धाले सावधानी अपनाऔं। 
६. रक्त समूह ओ पोजिटिभ भए अरु समूहभन्दा दुइगुणा बढी कडा हैजाको सम्भावना हुने भएकोले उक्त समूह  भएका व्यक्तिहरुले बिशेष ध्यान पुर्याऔं।   
 
डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल  

 

Last modified on 2017-09-02 14:20:04

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts