योग्यता क्रम मिच्ने निजी मेडिकल कलेजमा भएका विद्यार्थी भर्ना अमान्य हुने 



Download our app to get more features

काठमाण्डौ, ११ असार । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजले नियमविपरीत केही सम्बन्धन प्राप्त मेडिकल कलजेजहरुले विद्यार्थी भर्ना गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न नगराउन सर्तक गराएको छ ।

संस्थानले एक सूचना जारी गर्दै कलेजहरुलाई पठाइएको पत्रहरु र प्रकाशित सार्वजनिक सूचनाहरुको समेत अवज्ञा गरेको पत्र आफूले प्राप्त गरेको र त्यो कार्य सरासर नियमविपरीत र गलत भएको जनाएको छ । यसरी नियमविपरीत विद्यार्थी भर्ना गर्नेहरुमा यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, नेशनल मेडिकल कलेज वीरगंज रहेका छन् । साथै सूचनामा सर्वोच्च अदालतले मिति २०७४–०२–२१ गते को आदेश अनुसार त्रिविले चि.शा.अ.संस्थानले सम्बन्धन दिएका शिक्षण संस्थाहरुको विद्यार्थी भर्ना सम्बन्धी योग्यताक्रम खलबलिने गरी विद्यार्थी भर्ना सम्बन्धी कार्य नर्गनु नगराउन भनि जारी गरेको आदेशको स्मरण गराउँदै त्यसरी गरिएका भर्नाहरु स्वतः गैरकानुनी भएको पनि सूचनामार्फत सबैमा जानकारी गराईएको छ ।

साथै सम्बन्धन प्राप्त कजेलहरुका लागि त्रिवि कार्यकारी परिषदबाट शुल्क निर्धारण भइ आएपछि ओपन हाउस काउनसिलिङग मार्फत योग्यताक्रमको आधारमा विद्यार्थीहरु छनौंट गरेपश्चात्त निज विद्यार्थीहरुको भर्ना अध्ययन संस्थानबाटै गरी सम्बन्धित कलेजहरुमा पठाउने पनि सूचनामा जानकारी गराईएको छ । ओपन हाउस काउनसिलिङगको मिति संस्थानको वेभसाइड – www.imo.edu.np हेर्न सकिने पनि उल्लेख गरिएको छ –

 

Last modified on 2017-09-02 14:20:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts