औषधीको 'साइडइफेक्ट'बाट यसरी बचौं



Download our app to get more features

काठमाडौं, ११ असार । विभिन्न रोग तथा उपचारका क्रममा  सेवन गर्ने औषधीले  केही न केही  साइड इफेक्ट पनि गरिरहेको हुन्छ ।

यसरी कुन औषधीले  कस्तो असर गर्छ भन्ने थाहा नहुँदा ज्यानै जाने  सम्मको जोखिम हुन्छ । औषधी सेवनबाट हुन सक्ने  साइड इफेक्टबारे टिचिङ अस्पतालका सहप्रध्यापक सतीशकुमार देव यसो भन्छन् :

  • औषधी सेवन गर्दा साइड इफेक्ट भयो भने सबैभन्दा पहिला हाम्रो शरीरमा एलर्जी हुन्छ । औषधी खाएर घाममा बस्यो भने हातमा एलर्जी आउने, चिलाउने, छालामा विभिन्न समस्या हुनेजस्ता लक्षण देखा पर्न सक्छन् । कहिलेकाहीँ खाइरहेको औषधि छाड्दा पनि हामीलाई शारीरिक र मानसिक असर देखा पर्न सक्छ ।
  • कुनै पनि औषधी खाएपछि  हाम्रो शरीरमा दुई किसिमको साइड इफेक्ट हुने गर्छ । पहिलो अवस्थामा  औषधीले साइड इफेक्ट भएको छ की छैन भन्ने कुरा चिकित्सक र बिरामी दुवैलाई थाहा हुन्छ । अर्को अवस्थामा भने औषधीले  भएको साइड इफेक्टबारे चिकित्सक र बिरामी दुवैलाई थाहा हुदैन । यस्तो अवस्थामा एउटा व्यक्तिलाई राम्रो गरेको औषधीले अर्कोलाई असर गर्न पनि सक्छ । यस्तो समस्या थोरै मानिसमा मात्र हुनछ ।
  • कुनै पनि औषधी सेवन गर्दा फाइदासँगै बेफाइदा पनि  हुन सक्छ । औषधी सेवन गर्दा कुनै न कुनै तवरले शरीरमा साइड इफेक्ट भइरहेकै हुन्छ । कहिलेकाहीँ एन्टिबायोटिक औषधी खाएपछि त्यसले पेटको ब्याक्टेरिया मार्न सक्छ । यस्तो अवस्थामा डाइरिया पनि हुन सक्छ  । 
  • औषधी खाएपछि शरीरमा समस्या देखा परे अथवा अप्ठेरो महसुस भए चिकित्सककहाँ जानुपर्छ । कहिलेकाँही एउटालाई काम गर्ने औषधीले अर्कोलाई साइड इफेक्ट गर्न सक्छ । र ,ज्यान पनि जान सक्छ ।

(आजको नयाँपत्रिका दैनिकबाट)
 

Last modified on 2017-06-25 10:55:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts