‘तेश्रो स्वस्थ बच्चा प्रतियोगिता’को विजेता घोषणा



Download our app to get more features

ललितपुर, १० असार । ‘स्वस्थ बच्चा हाम्रो चाहना, समृद्ध भविष्य हाम्रो कल्पना’ भन्ने नाराका साथ तेश्रो स्वस्थ बच्चा प्रतियोगिता समापन गरिएको छ ।  

अल्का अस्पताल र लाईन्स क्लव इन्टरनेशनलको संयुक्त आयोजनका आयोजित प्रतियोगिताको बिजेतालाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । 

प्रतियोगितामा दुई सय बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि जेठ १५ देखि १८ गतेसम्म नाम दर्ता गरिएको आयोजकले जनाएको छ । 

तीनवटा उमेर समूहमा विभाजन गरी उनीहरुको प्रतियेगिता गरिएको निर्णायक समितिकी संयोजक मिरा खनालले बताइन । जसमा एकवर्ष उमेर समुहका ५०, एक देखि तीन वर्ष उमेर समुहका ७५ र तीन देखि पाँच वर्ष उमेर समुहका ७५ जना सहभागी भएका थिए । 

एक वर्ष उमेर समुह अन्र्तगत श्वर्णय श्रेष्ठ प्रथम, रियान्स तज्या दोस्रो र श्वर्णिम आचार्य तृत्तीय भएका छन् । त्यसैगरी, एकदेखि तीन वर्ष उमेर समुह अन्र्तगत रुपेश केसी प्रथम, रेनिया केसी दास्रो र सार्थक अर्याल तेश्रो भएका छन् । साथै तीनदेखि पाँच वर्ष उमेर समुह अन्र्तगत यिविका राई प्रथम, आराध्य प्रताप शाह दोस्रो र मिकी सामन मगर तेश्रो भए । विजेताहरुलाई क्रमश २० हजार पाँच, १४ हजार पाँच र १० हजार पाँच सहित सम्मान गरिएको छ । 

आजका बालबालिका भोलिका कर्णधार हुन, आज उनीहरु स्वस्थ भए देश निमार्णमा योगदान पुग्ने छ भन्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजक खनालले बताइन् ।

Last modified on 2017-06-24 17:04:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts