केन्द्रीय आयुर्वेद क्याम्पसका प्रमुख प्रा. डा. रोका सम्मानित



Download our app to get more features

काठमाण्डौ, १० असार । नेपाली आयुर्वेद जगतमा प्रसिद्ध चिकित्सकका रुपमा लिइने प्रा.डा.देव बहादुर रोका सम्मानित भएका छन् । शुक्रवार त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले उनलाई सम्मान गरेकी हुन् ।

आफ्नो ज्ञान र सीपको मार्फत विगत ५० बर्ष देखि आयुर्वेद जगतको विकास र विस्तारमा प्रा. डा. रोका सक्रिय रहेका छन् । त्रिवि चिकित्सा अध्ययन संस्थान अन्तर्गतको आंगिक क्याम्पस र आयुर्वेदको केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख डा. रोका नेपालमा कायचिकित्साका वरिष्ठ व्यक्ति हुन् । बि.स.२०१६ सालमा स्याङजा जिल्लामा जन्मिएका उनी बनारस हिन्दु विश्वविद्यालयबाट स्नाकोत्तर (एमडी) गरी आयुर्वेदको शिक्षा र सेवामा प्रवेश गरेका हुन् । डा. रोका विगत ८ बर्षदेखि आयुर्वेद क्याम्पस प्रमुखका रुपमा कार्यरत छन् भने हाल उनी त्रि. वि. आयुर्वेद शिक्षण अस्पतालका निमित्त निर्देशक समेत रहेका छन् । 

आयुर्वेद क्रिएट्भि क्लबको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बरिष्ठ बालरोग विशेषज्ञ तथा नेपाल संस्कृत विश्विद्यालयका पूर्व सहायक डिन डा. शिवमंगल प्रसाद, आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय,  अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अनिल शर्माले मन्तव्य राखे । कार्यक्रममा सबैल डा. रोकाको योगदानको प्रशंसा र चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठी लगायत अन्य सबै अतिथीहरुले नपाली आयुर्वेदको उत्थानका लागि गतिशिल र क्षमतावान प्राध्यापकहरुलाई आयुर्वेद क्याम्पसको नेतृत्वमा ल्याउन आवश्यक भएको बताए । कार्यक्रममा डा. रोकाले विगत ८ बर्षदेखि आफुले प्राप्त गरेको तनाव र दवाव सम्मानित हुँदा बिर्सिएको प्रतिक्रिया दिए । आयुर्वेद जगतको विकासमा थप उर्जाका साथ लाग्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।  

Last modified on 2017-06-24 15:57:08

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts