नेपालमा प्रतिबन्धीत पतञ्जलीका ६ औषधि भारतमा अब्बल स्थानमा कसरी ?



Download our app to get more features

बीबीसी, १० असार । भारतीय योगगुरु रामदेवको पतञ्जलीद्वारा उत्पादीत ६ वटा औषधिको बिक्रिवितरणमा नेपालले रोक लगाइसकेको छ । औषधि व्यवस्था विभागले पतञ्जलिका ६ वटा उत्पादन मापदण्ड अनुरुप नभएको पाइएकाले त्यसलाई ‘न्यून स्तर’ को भन्दै रोक लगाएको हो ।

विभागका अनुसार पतञ्जलीको औषधिमा प्रयोग गरिने तत्वहरु औषधि व्यवस्था विभागको मापदण्डभन्दा विपरित रहेको छ । पतञ्जलीद्वारा उत्पादीत अमला चूर्ण, दिव्य गाशर चूर्ण, बाहूची चूर्ण, त्रिफाला चूर्ण, अश्वगन्धा र अदवीय चूर्णमाथि नेपालमा प्रतिवन्ध लागेको हो । पतञ्जलीका यि सबै उत्पादन भारतको उत्तराखन्डमा तयार पारिन्छ ।

नेपालको औषधि व्यवस्था विभागका एक अधिकारीका अनुसार “जुन औषधिको विभागले परीक्षण गरेका छन् तीनमा बिरामी हुने किसिमका व्याक्टेरियाहरु पाइएका छन् ।” विभागले ती औषधिमाथि रोक लगाउँदै तत्काल सूचना जारी गर्दै खरिद तथा विक्रि नगर्न आग्रह गरेको छ । तर, अचम्मको कुरो यो छ की, नेपालमा प्रतिबन्धीत यी ६ औषधि भारतमा भने खुला रुपमा बिना कुनै विवाद खरिदबिक्रि भइरहेको छ ।

रामदेवको पतञ्जलीको सबै उत्पादनलाई भारतमा 'ग्रीन सिग्नल' दिइएको छ । अर्थात बेच्न अनुमति दिइएको छ । के भारतीय औषधि विभाग नेपालको औषधि विभागभन्दा कमजोर छ त ? सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्टका विशेषज्ञ चन्द्रभूषण भन्छन्, 'यदि यो कुरा साँचो हो भने भारतको औषधिमापन नेपालको मापन भन्दा फितलो होला । र यदि त्यस्तो हो भने भारतीय फूड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीले त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।'

उसो त भारतको फूड स्ट्यान्डर्डलाई लागू गर्नाले भारतमा सँधै चुनौतीपूर्ण कामहरु नै हुने गरेको छ । त्यसलाई राम्रो बनाउन नयाँ संस्था फूड सेफ्टी एन्ड स्ट्याडर्ड अथोरिटी खोलियो जुन २००६ पछि राम्रो स्थानमा थियो । तरपनि भारत कै कतिपय राज्यमा फूड इन्स्पेक्टरको राम्रो अंक निकै नै कम छ । फूड इन्स्पेक्टरले भारतमा उत्पादित खाद्य वस्तुहरुको मापन गर्ने काम गर्छ ।

Last modified on 2017-09-02 14:28:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts