यस्ता लक्षण देखिए बुझ्नुहोस् : ‘यो बिर्सने रोग हो’



Download our app to get more features

बुढ्यौली उमेरमा बिर्सने बानी हुनु धेरैले सामान्य नै मान्छन् ।

यो एक किसिमको नसा तथा मानसिक सम्बन्धी रोग हो । जसलाई डिमेन्सिया भनिन्छ  । समानान्यतया यस्तो रोग ६५ वर्ष भन्दा बढी उमेरका मानिसमा देखा पर्न सक्छ । बुढ्यौलीमा लाग्ने डिमेन्सिया रोगका कारण र यसका विशेषताबारे डा. प्रदीप पाण्डेको सुझाव यस्तो छ :

  • सामान्य बिर्सने  समस्याबाट शुरु हुने रोगले  पछि बोल्न समस्या हुने, बोल्न नसक्ने या वस्तुहरुको पहिचान नै गर्न नसक्ने पनि हुन्छ । यी प्रमुख समस्याबाहेक चर्पीको पहिचान गर्न नसक्ने जसले गर्दा जतापायो त्यतै दिसापिसाब गर्ने, आफ्नो कपडाको पहिचान गरी कपडा राम्रोसँग लगाउन नसक्ने जस्ता  समस्या हुन्छन् । जसले गर्दा आफ्नो जीवन निर्वाह गर्न पनि पूरै अरुको भर पर्नुपर्ने हुन्छ । यी सबै कारणले परिवारका सबै सदस्यलाइ प्रभावित पार्ने हुन्छ । 
  • समस्या जटिल हुँदै जाने क्रममा मानसकि समस्याहरु पनि थपिर्दै जान सक्छन् ।  यस्तो अवस्थामा एक्लै रुने, निन्द्रा नपर्ने, एकैछिनमा हाँस्नेजस्ता कार्यहहरु बिरामीले गरिरहन्छन् । रोगको पछिल्लो अवस्थामा आफ्ना गुण र व्यवहारमा परिवर्तन हुनेगर्दछ । 
  • डिमेन्सिया प्रमुख कारण अल्जामर्स हो । टाउकोमा चोट लाग्नु, अल्कोहल आदि कारणहरु पनि यो रोग लाग्ने कारणमा पर्दछन् ।
  •  
  • रोकथाम
  • आवश्यक शारीरिक व्यायामका साथमा यो रोगबाट बच्नका लागि मस्तिष्कको व्यायाम पनि आवश्यक हुन्छ । पढ्ने, लेख्ने, हिसाब गर्ने, क्रसवर्ड, दिमागी खेल, चेस खेल्ने बानी गर्दा दिमागलाइ ताजै राख्ने अध्ययनहरुले देखाएका छन् । 
  • माथिल्लो तहसम्म अध्ययन गरेका आइक्युका विज्ञहरुमा यस्ता समस्या कम हुन्छन् । त्यस्तै, हरियो चिया, क्याफिन, डार्क चकलेट, रेड वाइन, भिटामिन बी १२, भिटामिन इ लगायत खाद्य पदार्थ खाने व्यक्तिहरुमा यो समस्या देखिने सम्भावना कम रहन्छ । 
  • रक्तचाप र चिनी रोगलाई नियन्त्रण गर्नु, चिल्लो कम खानु र महिनावारी बन्द भएका महिलाहरुलाई इस्ट्रोजिन हार्मोन दिनुजस्ता कार्यले लाभ पुर्याएको अनुसन्धानहरुले देखाएको छ । 
  • यो रोगको रोकथाम गर्ने र समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरै समस्याबाट बच्न सकिन्छ । 
Last modified on 2019-02-28 06:17:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts