गाँजाबाट क्यान्सरको औषधी बनाइदैं



Download our app to get more features

काठमाडौं, ९ असार । अन्य मुलुकमा जस्तै अष्ट्रेलियामा पनि गाँजा लागुपदार्थको रुपमा प्रतिबन्धित छ । तर अहिले त्यहि गाँजाबाट अष्ट्रलियाले क्यान्सरको उपचारका लागि औषधी निर्माण गर्ने तयारी अघि बढाएको छ । 

त्यसका लागि औषधी विभिन्न राज्यहरुमा १२ कृषकलाई कानुनी रुपमा गाँजाखेतीको अनुमति समेत सरकारले दिएको छ । गाँजालाई क्यान्सरलगायत रोगको उपचारका लागि प्रयोग  गर्न पाउनुपर्ने माग पहिल्यैदेखि हुदैं आएको थियो । गाँजाखेती गर्ने कृषकहरुले भने कडा सुरक्षा लगायतका प्रविधी  अपनाउनुपर्ने उल्लेख छ ।  यो खेती गर्ने कृषकहरुले फिंगरप्रिन्ट स्क्यानर, मोसन सेन्सर, लेजर अलार्म सेन्सर लेजर अलार्मलगायत सुरक्षाका प्रविधि अपनाउनुपर्नेछ ।  खेतीस्थलमा सुरक्षाका प्रविधी अपनाउनुपर्नेछ ।

 खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै उत्पादन गर्ने कृषकहरुले उत्पादित गाँजा गलत प्रयोगमा नआउने र कालोबजारी नहुने विश्वास दिलाउनुपर्नेछ । यस औषधीको सही प्रयोगका लागि अष्ट्रलियाले देशभरीबाट ५० चिकित्सकहरुलाई हालै तालिम समेत दिएको छ । यो औषधी अलग किसिमको भएको र यसलाई कसरी बिरामीहरुलाई सिफारिस गर्ने भन्ने विषयमा चिकित्सकहरुलाई तालिम दिइएको बताइएको छ । 
(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-23 12:24:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts