नयाँ स्वास्थ्य सचिव डा. रेग्मी भन्छिन्ः आलो सुत्केरी अवस्थामै सुरु गरेको कर्मको फल मिल्यो



Download our app to get more features

काठमाण्डौ, ८ असार । नवनियुक्त स्वास्थ्य सचिव डा.किरण रेग्मीले पदबहाली गरेकी छिन् । 

मन्त्रीपरिषद्को बैठकले उनलाई बिहिबार स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो  नियुक्तीसँगै उनले बिहिबार नै पदबहाली गरेकी हुन् । 

पदबहाली गर्नुपूर्व सचिव रेग्मीलाई स्वास्थ्य मन्त्रालयमा स्वागत गरिएको थियो । उनको स्वागतमा मन्त्रालयका शाखा प्रमुख, महाशाखा प्रमुख, विशेषज्ञ तथा अन्य कर्मचारी सहभागी थिए । 

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले काम गर्न थप निर्देशनको अपेक्षा गर्दै उहाँको कार्यकालमा सबै क्षेत्रबाट सहयोग गर्ने र कुनै पनि किसिमको असहयोग नरहने प्रतिवद्धता व्यक्त गरे । 

सचिव रेग्मीले सुत्केरी भएको २५ दिन पनि बित्न नपाउँदै बाग्लुङ्गबाट स्वास्थ्य मन्त्रालयको जागिर सुरु गरेको बिगत सम्झिइन् । पदबहालीका क्रममा उनले भनिन् ‘२५ दिनको सुत्केरी अवस्थामा बलेवासम्म प्लेनमा गएर ४ घण्टाको पैदल यात्रापछि कार्यालय पुगेको थिए ।’

लामो समय बाहिरी जिल्लामा सेवा गरेको अनुभव सुनाउँदै सचिव रेग्मीले लामो समय स्वास्थ्य सेवामा बिताएको फलस्वरुप सरकारले सचिव बनाएर पुरस्कार दिएको भन्दै खुशी व्यक्त गरिन् ।

गहभरी आँसु बनाउँदै सचिव रेग्मीले सचिवको पत्र बुझ्दासाथ जन्म दिने बुवा आमालाई सम्झेको भन्दै भावुक भइन् । उनी राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी हुन् । 

मलाई सरकरले सचिव बनाएर पठाएपनि आफु नयाँ नभएको भन्दै उनले आफु उही डा. किरण भएकाले सचिव नभन्न आग्रह गरिन् । उनले भनिन् ‘यो नै मेरो चाहना हो की तपार्इंहरुले मलाई सचिव नभनिदिनुस् ।’

सचिव रेग्मीमालाई स्वागत गर्नुको साथै बिहिबारमात्र १२ औं तहमा बढुवा भएको डा. दिनेश श्रेष्ठ र डा.बिनोदमान श्रेष्ठलाई समेत स्वागत गरिएको छ ।

 

Last modified on 2017-06-23 18:35:36

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts