रातभर कपालमा तेल लगाएर सुत्नुहुन्छ ? तालु खुइलिन सक्छ !



Download our app to get more features

काठमाडौं, ७ असार । कपालले महिला तथा पुरुषको सौन्र्दय वृद्धि गर्न ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ । कपालविनको मानिस निरश  लाग्ने गर्दछन् । तर कतिपय मानिसहरु कपाल झर्दे गएर तालुखुइले भएका हामी देख्न पाउँछौं । कपाल नभएका वा भएर पनि निकै पातलो कपाल भएकाहरुलाई एक प्रकारको चिन्ता भइरहेको भेटिन्छ । कुनै जटिल रोग बाहेक हाम्रा नियमित क्रियाकलापमा ध्यान नदिंदा पनि विस्तारै कपाल झर्दै गएर अन्त्यमा तालु खुइलेसम्मको अवस्था आउन सक्दछ । तर हामीले केही सावधानी अपनाए  धेरै हदसम्म आफ्नो बाक्लो लामो कपाल बचाइराख्न सक्छौं ।

कपाल बचाइराख्ने उपायहरु यस्ता छन् :

  • रातभर कपालमा तेल लगाएर सुत्दा धुलो लाग्ने तथा चुँडिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउनुभन्दा एक घण्टाअगाडी मात्र कपालमा तेल लगाउँदा राम्रो हुन्छ । यसका साथै टाउकोमा नियमित मसाज गर्दा पनि फाइदाजनक नै हुन्छ । 
  • कपाल भिजेको अवस्थामा कपाल र त्यसको जरा निकै कोमल हुन्छ । यस्तो अवस्थामा कपाल बाँध्दा तथा चुँडिने तथा चाया पर्ने सम्भावना अत्याधिक हुन्छ । त्यसैले कपाललाई टावेलले रगड्दा पनि कपाल झर्न सक्छ । त्यसैले पहिला कपाललाई हावामा सुकाएर टावेलले  हलुका पुछ्नुपर्छ । त्यस्तै, सही समयमा हेयर  ट्रिमिङ नगर्दा पनि कपाल पातलो हुने तथा हाँगा आउने समस्या हुन सक्छ । त्यसैले  पुरुषले महिनाको एकपटक तथा महिलाले दुईपटक हेयर ट्रिमिङ गर्नु उत्तम हुन्छ । 
  • दिनहुँ कपालमा स्याम्पु लगाउँदा पनि कमजोर भएर झर्न सक्छ । स्याम्पुले कपाललाई सुख्खा तथा कमजोर बनाउँछ । कन्डिसनर लगाएपछि थोरै पानी प्रयोग गर्दा पनि कपाल झर्ने तथा चाया पर्ने समस्या आउँछ ।
  • भिजेको कपाल सुकाउन आवश्यकताभन्दा बढी तातो दिँदा पनि कपाल कमजोर हुन्छ । यसले कपालको कलरलाई पनि असर पार्छ । कपाललाई स्ट्रेट बनाउन प्रयोग गरिने मेसिनलाई सहि तापक्रममा राख्नु जरुरी हुन्छ । यसो नगर्दा मेसिनले कपाल कमजोर बनाएर झर्ने समभावना अत्याधिक रहन्छ । 
  • दिनहुँ सुन्तुलित भोजन खाने बानी नगर्दा पनि कपालसम्बन्धी समस्या निम्तिन्छ । पोषणको कमीले कपाल सुख्खा हुने, झर्ने तथा हाँगा पलाउने हुन्छ । त्यसैले  हरियो सागपात आफ्नो खानामा  समवेश गर्न बिर्सनु हुँदैन ।  त्यस्तै, जंकफूड सेवन गर्नबाट पनि सकेसम्म बच्नुपर्छ । त्यसका साथै भिटामिन बी १२ र भिटामिन सी पनि भोजनमा समावेश हुनुपर्छ । 

(आजको नयाँपत्रिका दैनिकबाट )

Last modified on 2017-06-21 12:48:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts