सुन्दर, चम्किलो र आकर्षक शरीरका लागि योग

What's This?


Download our app to get more features

सुन्दर चम्किलो छाला, सुन्दर शरीर, लामो बलियो कपाल र प्राकृतिक रुपले सुन्दर देखिने इच्छा सबैको हुन्छ । हिजोआज फिटनेस सेन्टर, जिम, स्पा, ब्युटिपार्लर र मल्टीनेशनल कम्पनिहरुको महँगो सौन्दर्य सामानहरु किन्ने लहर चलेको छ । तर, कमै जनालाई थाहा होला कि योगको साधारण आसनबाट पनि तपाईँ स्थायी रुपले आन्तरिक र बाह्य सौन्दर्य पाउन सक्नु हुनेछ । प्रत्येक दिन मात्र आधा घन्टा बिहान र साँझ सूर्य नमस्कार, प्राणायाम, उत्थान आसन, कपालभाती, धनुर आसन र श्वासको क्रियाबाट तपाईँ आफ्नो शरीर, सौन्दर्यता र प्राकृतिक आकर्षणलाई जीवनभर बनाइ राख्न सक्नु हुन्छ ।

प्राणायाम

कपाल र छालाको सौन्दर्यलाई बनाइ राख्नमा प्राणायाम महत्वपूर्ण भूमिका निर्वाह गर्छ । प्राणायामले  तनाव कम हुनुका साथै शरीरमा प्राण वायुको पनि सन्चार हुन्छ र रक्त सञ्चारको प्रभाव पनि राम्रो बन्छ । प्राणायाम सही तरीकाले श्वास लिने सबैभन्दा राम्रो क्रिया हो । प्रतिदिन १० मिनेटसम्म प्राणायाम गर्नाले मानव शरीर प्राकृतिक रुपले स्वस्थ हुन्छ । प्राणायामले मानिसको मस्तिष्क र दिमागमा व्यापक अक्सिजन र रगतको सञ्चार हुन्छ । जसले कपाललाई प्राकृतिक रुपले बृद्धि हुने र कपाल झड्ने, सेतो हुने जस्ता समस्यालाई रोक्नमा मद्दद पुग्छ ।

योगको मानसिक, शारीरिक, भावनात्मक र मनोभावमा सकारात्मक प्रभाव पर्छ । जसले आत्मविश्वास बढ्छ । योगले तपाईँ आत्मिक रुपले शान्त महसूस गर्नु हुन्छ जसले तपाईँको बाहिरी सौन्दर्यमा पनि निखार ल्याउँछ । सामान्यतया अनिद्रा, तनाव आदिमा अनुहारमा उत्पन्न हुने डन्डीफोर, कालो दाग, च्याउरीपन जस्ता समस्याको स्थायी उपचारमा पनि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । उत्थान आसनलाई लगातार उपयोग गर्नाले तपाईँको डन्डीफोर, कालो दाग, च्याउरीपन जस्ता समस्यामा स्थायी उपचार पाउन सक्नु हुन्छ । 

कपालभाती

कपालभातीले शरीरमां कार्बनडाईअक्साइडलाई हटाएर रगतलाई सफा गर्नमा मद्दद गर्छ । जसले शरीरमा हल्कापन महसूस हुन्छ । 

धनुर आसन

धनुर आसनले शरीरमा रक्त प्रभाव बढ्छ र शरीरबाट विषालुयुक्त पदाथलाई बाहिर निकाल्नमा मद्दद गर्छ । यसले छालामा प्राकृतिक चमक आउँछ र छालामा निखार आउँछ ।

सूर्य नमस्कार

योग गर्नाले थकानबाट मुक्ति प्राप्त हुन्छ र शरीरमा ऊर्जाको प्रभाव हुन्छ । सूर्य नमस्कार आसनले पूरै शरीरमा नवयौवनको संचार हुन्छ । सूर्य नमस्कारले बढ्दै गरेको आयुको प्रभावलाई रोक्न सकिन्छ र यसले अनुहारको साथै सम्पूर्ण शरीरमा बुढोपन देखिने प्रभावलाई पनि रोक्नमा सहयोग गर्छ । 

योगले रक्त संचारको प्रवाहमा सुधार आउँछ जसले छालाको सतह सम्म पर्याप्त मात्रामा रक्त संचार हुन्छ । यो रक्त संचार सुन्दर छालाको लागि अत्यधिक आवश्यक हो किनकी यसले छालालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ  र अनुहार सुन्दर र निखारीएको देखिन्छ । योगको माध्यमले शरीरमा भएको विकारयुक्त तत्व छालाको माध्यमले बाहिर निस्किन्छ र छालामा चमक आउनुका साथै स्फूर्ति पनि आउँछ । योगले सौन्दर्यमा व्यापक निखार आउँछ र छाला सम्बन्धी रोगबाट पूर्ण रुपले मुक्ति दिलाउँछ । 

योगको माध्यमबाट हामीले आफ्नो मनलाई स्थिर राख्न सक्छौँ । जबसम्म मन शुद्ध र स्थिर हुँदैन तबसम्म हाम्रो तन पनि अशुद्ध रहन्छ । योगाभ्यासद्वारा नै तन र मनको शुद्धि हुन्छ र हाम्र तन–मन निरोगी हुन्छ । योगाभ्यासले मनको स्वस्थ्य र शान्त बनाउन सकिन्छ । सामान्यतया हाम्रो शारीरिक रोगहरु मानसिक आधार हुन्छ । रिसले हाम्रो मनलाई विकृत बनाइदिन्छ जसले हामी विभिन्न प्रकारका रोगहरुबाट ग्रसित हुन पुग्छौँ । योगाभ्यासले रिसमाथि नियन्त्रण राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-13 18:18:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts