ब्लड बैंकहरुको लापरबाहीका कारण असुरक्षित बन्दै रगत  : रगत लिएका एक युवामा एड्स सर्यो



Download our app to get more features

काठमाडौं, ६ असार । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी र एड्स संक्रमण देखिएको छ ।
‘चढाइएको रगतबाट ती युवालाई एचआईभी र एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन् । उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड  बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने। उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको छ।  रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन् । 

 

(आजको कान्तिपुर दैनिकबाट)

 

Last modified on 2017-09-02 14:38:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts