खेलकुद अस्पतालको शिलान्यास



Download our app to get more features

काठमाडौँ, ५ असार । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । 

निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्त शिलान्यास गरे ।

गत जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय ८ औं बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको लनटेनिसको पूर्वाधार रहेको छेउमा अस्पताल निर्माण गर्न लागिएको हो । 

तीन तलाको अस्पताल इमर्जेन्सीबाहेक १० शय्याको हुनेछ । करिब १४ करोड खर्च हुने अनुमान गरिएको अस्पतालका लागि आर्थिक वर्षमा पनि बजेटको व्यवस्था भइसकेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको छ ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts