रातिको समय काम गर्नु हुन सक्छ जोखिमपूर्ण



Download our app to get more features

काठमाडौँ, ३ असार । हालैको एउटा अनुसन्धानअनुसार रात्रिकालीन काम गर्नु कलेजाको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यस्तो अभ्यासले कलेजोको आकार बढाउन सक्छ । 

सेलमा प्रकाशित यो अनुसन्धान अनुसार कलेजो २४ घण्टामा दिन र रातिको हिसाबले खाना र भोकको चक्रमा अभ्यस्त हुन्छ । रात्रिकालीन डयुटीका कारण समयमै खाना खान पाइन्न र यसको असर कलेजोमा देखिन थाल्छ । 

अनुसन्धानकर्ताले मुसामा गरेको प्रयोगमा पाए अनुरूप कलेजोको आकार रातमा बढ्ने रहेछ । अनुसन्धानअनुसार जब सामान्य जैविक क्रियाको लय उल्टिन्छ, तब कलेजो घटने–बढ्ने प्रक्रिया प्रभावित हुन्छ । 

व्यावसायिक बाधा वा व्यक्तिगत बानीले गर्दा हाम्रो जैविक घडीमा अवरोध उत्पन्न हुन्छ । यसको असर कलेजोको महत्त्वपूर्ण काममा समेत पर्छ । 

(आजको कान्तिपुर दैनिकबाट)
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts