बाँझोपन हटाउनेदेखि क्यान्सर निको पार्नेसम्म ‘व्राम्ही’



Download our app to get more features

युर्वेद संहिताका विभिन्न ग्रन्थहरू चरक, सुश्रुत र बाग्भट आदिमा मेद्य रसायन तथा यसको प्रयोगको विस्तृत वर्णन पाइन्छ । यि संहिताहरूमा बालबालिकाहरूको स्मरणशक्ती तथा बुद्धि बढाउने जडीबुटी र यसको प्रयोगको बारेमा विशेष उल्लेख छ । प्राचिनकालदेखि आयुर्वेद चिकित्सामा मेद्य औषधीहरूको रूपमा व्राम्ही, मण्डुकपर्णी, शंखपुष्पी, ज्योतिष्मती (मालका“गिनो), यष्टीमधु, अश्वगन्धा, दाडीम, कुषमाण्ड (कुभिण्डो) आदि जडीबुटी स्मरणवर्धक औषधीको साथसाथै रसायनको रूपमा प्रयोग गरिदै आएको छ । 
    
बर्तमान समयमा आधुनिक सभ्यताको प्रभावको कारण यी जडीबुटीहरूको महत्व तथा यसको स्थानीय स्तरमा चासो कम हुँदै गइरहेको छ । हालका बर्षहरूमा मानिसहरूको आधुनिक जीवनशैली र पारिवारिक, सामाजिक तथा आर्थिक समस्याका कारण मानसिक तनावबाट ब्यक्तिहरू ग्रस्त हुँदै गएको पाइन्छ । अर्को तिर प्राचिनकालदेखि अपनाइरहेको हाम्रो प्राकृतिक जीवनशैली विस्तारै लोप हुँदै गइरहेको छ । यी समस्याहरू निराकरणको लागि मेद्य क्षमता बढाउने जडीबुटीको रूपमा आयुर्वेद चिकित्सा पद्धतीमा सयौं बर्षेदेखी प्रयोगमा आएको व्राम्ही बारेमा केही चर्चा गरिएको छ । 

(क) व्राम्ही के हो ? 

व्राम्ही आयुर्वेद चिकित्सा पद्धतिमा महत्वपूर्ण (मेद्य) स्मरणशक्ती बढाउने र ज्ञानेन्द्रियहरूलाई मजवुत बनाउने जडीबुटीको रूपमा मानिन्छ । यो एक प्रकारको स्क्रोफुलारियसी जातीको वनस्पती हो । अंग्रेजी भाषामा इन्डियन पेन्नीवर्ट र लेटिन भाषामा बाकोपा मोन्नीरी प्यान्नेल, संस्कृतमा मण्डुकपर्णी, ऐन्द्री र सरस्वती भनिन्छ । तर राजनिघण्टुमा व्राम्ही र मण्डुकपर्णी एकैजातीका जडीबुटी हुन् भनिएता पनि चरक सुश्रुत आदि संहितामा फरक जातीको रूपमा मानिएको छ । हालसम्म भारत तथा नेपालको वनस्पती अध्ययनबाट पनि बनावट तथा कार्यको आधारमा यी दुई जातीमा फरक मानिएको छ । व्राम्हीको अर्को जाती अम्वेलीफेरी अन्तरगतको सेन्टेला एसियटीका   हो । यी दुवैको काम स्मरण शक्तिवर्धक भए पनि गुणमा केहि फरक पाइन्छ ।  नेपालमा भने व्राम्ही को रूपमा कहिँ–कहिँ घोडटाप्रे हाइड्रोकोटाइल नेपालेन्सिस्को रूपमा प्रयोग गरेको पाइन्छ । 
     
यी जडीवुटी चिसो तथा ओसिलो ठाउँ विशेषगरी नदीनालाको किनारमा पाइन्छ ।  समुन्द्री सतह देखि ४००० मिटर माथि सम्म पाइन्छ । हेर्दा काण्डलामो, लहरा कोमल पात र पातलो झिल्लि जस्तै हुन्छ । प्रत्येक काण्डमा १० देखि १५ सम्म फूलहरू हुन्छन् । पात गोलाकार चिल्लो र सरल हुन्छ ।

(ख) व्राम्हीमा के के तत्वहरू पाइन्छ ? 

   यी दुइ जातिहरूमा विशेषगरी वेकोसाइड ए र वि, व्राम्हीन, हर्पेण्टाइन, हाइड्रोकोटाइलीन नामक अल्कोलाइड र एसियाटिकोसाइड नामक ग्लाइकोसाइड तथा वेल्लेरीन , पेक्टिक एसिट र भिटामिन सी पाइन्छ । थोरैमात्रामा उडनशील तथा स्थीर तेल पाइन्छन् । साथै सेन्टोइक तथा सेन्टोनीक एसीड पाइन्छन् । 

(ग) यसले स्मरणशक्ति कसरी बढाउँछ ? 

आयुर्वेद चिकित्सा सिद्धान्त अनुसार यसले मेघाशक्ति (धी,धृती, स्मृती) बढाई मानसीक एवं वौद्धिक कार्य क्षमता बढाउँछ । मस्तिष्कको उच्च केन्द्रमा प्रभावपारी ग्रहण गर्न धारण गर्न तथा स्मृति गराउन मद्धत गर्दछ । 

विगत केहि वर्षदेखि यो जडीवुटीको वैज्ञानिक ढंगले अनुसन्धान भइरहेको छ । उक्त अनुसन्धानबाट व्रामोटाइड र हरसेपोनीन जस्ता रसायनिक तत्वले नरएड्रीनालीन र फाइभ.एच.टी जस्ता रसायनीक तत्वलाई घटाई चिन्तामुक्त, लठ्ठ तथा मन एकाग्र बनाउन मद्दत गर्दछ भन्ने पुष्टि भएको छ । 

(घ) यसको प्रयोग कुन कुन रोगमा गरिन्छ ? 

  • स्नायु प्रणालीजन्य समस्याहरूः उन्माद, अपस्मार तथा शुष्त मनस्थितिका मानसिक रोगीहरूमा अति उपयोगी मानिएको छ ।  तर यी मध्ये सबभन्दा बढी मनोगत समस्या हटाउन र रसायन तथा बौद्धिक क्षमतालाई वृद्धि गर्न महत्वपूर्ण मानिन्छ ।  
  • छाला, पाचन, श्वाशप्रश्वास, मुत्रगत समस्या, मुटु समस्या र आमवात (जोर्नी रोग) आदिका लागि अधिक फाइदाजनक मानिएको छ । 
  • बाँझोपन हटाउन या वाजीकरण तथा यौनशक्ति बृद्धिगर्नमा पनि मद्दत गर्दछ । 
  • क्यान्सर रोग विरूद्ध प्रभावकारी मानिएको छ । 

 यसको प्रयोग कसरी गर्ने ? 

  • आयुर्वेद चिकित्सा पद्धतिमा यस जडीबुटलिाई विभिन्न रूपमा प्रयो गर्ने गरेको पाइन्छ । यसको पात, डाँठ र सबै भाग आदिको रस, घ्यू तेल तथा चुर्ण बनाइ प्रयोग गर्न सकिन्छ ।  
  • १ चम्चा व्राम्हीको शुद्ध रस प्रत्येक दिन सेवन गर्दा बच्चाहरूको मानसिक शक्ति बृद्धि गराउनुको साथै प्रौढहरूमा श्वासप्रश्वास प्रकृया राम्रो बनाउँछ । यसले कब्जियतको समस्या पनि हटाउँछ । 
  • व्राम्हीघृत १० देखि २० ग्राम विहान बेलुकी दुधसँग सेवन गरेमा स्नायु प्रणालीका समस्याहरू हटाउनको लागि लाभदायक हुन्छ । 
  • व्राम्ही बाह्य रूपमा पनि प्रयोग गर्न सकिन्छ । 
Last modified on 2017-06-16 11:14:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts