बालकको अण्डकोषमा देखिने तीन समस्याः जसको उपचार नगर्दा बाँझोपन हुनसक्छ (भिडियो सहित)



Download our app to get more features

बालकको अण्डकोष संवेदनशील अंग हो । तर हाम्रो समाजमा अझै पनि अण्डकोषमा हुने समस्यालाई सामान्य रुपमा लिइन्छ । जसले गर्दा बालकमा विभिन्न समस्या देखिनुको साथै भविष्यमा बाँझोपन हुने संभावना प्रवल रहन्छ । बालकको अण्डकोषमा कस्ता समस्या देखिन्छन् र यस्ता समस्या आउँदा के गर्ने बाल रोग शल्यचिकित्सक डाक्टर सुमन विक्रम अधिकारी ...

जन्मदेखि १६ वर्षको अवधिलाई बच्चा उमेर भनिन्छ । यस अवधिमा बच्चालाई विभिन्न रोग तथा समस्याले सताउने गर्दछ । यसमध्ये बालकको अण्डकोषमा देखा पर्ने समस्या पनि धेरै छन् । विशेषतः बालकको अण्डकोषमा यी तीन प्रकारका समस्या देखिन्छन् :

१)अण्डकोष सुन्निने ।
२)जन्मजात अण्डकोषको थैलीमा अण्डकोष नबन्नु ।
३)अण्डकोष बटारिने ।

अण्डकोष सुन्निने वा फुल्ने 
गर्भमा रहँदा अण्डकोष बालकको पेट भित्रै रहेको हुन्छ । जब गर्भ नौ महिना पुग्छ तब बालकको अण्डकोष पेटबाट बाहिर निस्कन्छ । बाहिर निस्कने क्रममा त्यो बाटो साँघुरियो भने पेट भित्रका पानी अण्डकोषमा आएर जम्छ र अण्डकोष सुनिन्छ । यसमा दुखाई हुँदैन ।

यसको समस्या २ वर्षसम्म ६० प्रतिशत बालकमा ठीक हुन्छ । यदि त्यो समयसम्म पनि ठीक भएन भने विशेषज्ञद्धारा शल्यक्रिया गरेर निदान गरिन्छ ।

जन्मजात अण्डकोषको थैलीमा अण्डकोष नबन्नु
गर्भमा रहँदा बालकको पेटमा भएको अण्डकोष ९ महिना पुगेपछि पेटबाट बाहिरिने क्रममा अवरोध पुग्यो भने अण्डकोषको थैलीमा अण्डकोष झर्न पाउँदैन । जसले गर्दा बच्चाको जन्मपश्चात अण्डकोष थैलीमा हुँदैन । यसको बेलैमा उपचार नगरे पछि बच्चा उत्पादन गर्ने क्षमता विकास हुँदैन ।

अण्डकोष बटारिनु
अण्डकोष बट्टारिने समस्या पनि धेरै बालक तथा अभिभावकको लागि पीडाको विषय बनेको छ । यो नवजात शिशुदेखि १५–१६ वर्षका बच्चाहरुमा समेत हुने गर्दछ । यो एपेन्डिससाइटिस जस्तै रोग हो । अण्डकोष बटारिएको ६ घण्टाभित्र उपचार भएन भने अण्डकोषको मृत्यु हुन्छ । जसको दुर्भाग्य पछि बच्चा नहुन सक्छ । अण्डकोष बटारिँदा अण्डकोषको दुखाई एक दमै धेरै हुन्छ । ६ घण्टा भित्र शल्यक्रिया गरेर यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

भिडियो हेर्नुस् ।

 

Last modified on 2017-06-13 11:26:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts