बसेको बेला वा सुतेको समय खुट्टा हल्लाउनु हुन्छ भने सावधान !



Download our app to get more features

यदि तपाईँ पनि बसेको बेला वा सुतेको बेला खुट्टा हल्लाउनु हुन्छ भने सावधान । किन कि खुट्टा हल्लाउनु रेस्टलेस सिन्ड्रोमको लक्षण हुन सक्छ । हालै गरिएको एक अध्ययनका अनुसार १० प्रतिशत व्यक्ति यो रोगबाट ग्रसित छन् । शरीरमा आइरनको कमीले हुने यो रोग विशेषगरी ३५ भन्दा बढी उमेरको व्यक्तिमा देखिने गरिन्छ । हार्वर्ड मेडिकल स्कूल, बोस्टनका प्राध्यापक र यस अध्ययनका  प्रमुख डा. डब्ल्यू विंकमैनका अनुसार यो रोगबाट पीडित व्यक्ति निद्रा नपुगेर वा निद्रा नलागेर २  सय देखि ३ सय पटक सम्म खुट्टा हल्लाउने गर्छन । अध्ययन कर्ताहरुले स्पष्ट रुपमा भनेका छन् कि लगातार खुट्टा हल्लाउने जस्ता रोगले हृदयघात हुने सम्भावना बढेर जान्छ ।

खुट्टा हल्लाउनु एक रेस्टलेस सिन्ड्रोम

यो हाम्रो स्नायू प्रणालीसँग सम्बन्धित रोग हो । खुट्टा हल्लाउनाले व्यक्तिमा डोपामाइन हार्मोन सक्रिय हुनाले बारम्बार खुट्टा हल्लाउन मन गर्छ । यसलाई स्लीप डिसअर्डर पनि भनिन्छ । निद्रा पुरा भएन भने व्यक्तिले आफूलाई थाकेको महसूस गर्छ । लक्षण र जाँच गराइ सकेपछि रक्त परीक्षण गराइन्छ । निद्रा नहुने समस्या बढ्न थालेपछि  पोलीसोमनोग्राफी (पीएसजी) गराएर यो रोगको पुष्टि गरिन्छ । पीएसजीबाट निद्रा नलाग्ने कारण पनि पत्ता लगाइन्छ ।

कारण

यो पनि एक रोग नै हो । जुन शरिरमा आइरनको कमीले गर्दा हुने गर्छ । त्यसबाहेक किड्नी, पार्किंसन्सबाट पीडित रोगीहरु वा गर्भवती महिलामा सुत्केरी हुने अन्तिम दिनहरुमा हार्मोनल परिवर्तनका कारण हुने गर्छ । अत्यधिक रक्सी पिउने वा केही औषधिको सेवन, सर्दी, एलर्जीले गर्दा पनि हुने खतरा हुन्छ । मधुमेह, रक्तचाप वा मुटु रोगीहरुमा यसको खतरा बढी हुन्छ ।

उपचार

उपचारका लागि आइरनयुक्त औषधि खान सल्लाह दिइन्छ । रोग यदि गम्भिर छ भने अन्य औषधि पनि खान दिइन्छ । सुत्नु भन्दा दुइ घन्टा पहिले नै औषधि खानु पर्छ । औषधिले  निद्रा नलागेमा निद्रा लगाउँछ र तपाईँको स्थितिलाई सामान्य बनाउँछ । केही विशेष व्यायाम गर्नुपर्छ । जस्तै हट ऐन्ड कोल्ड बाथ, वाइब्रेटिंग पैडमाथि खुट्टा राख्नाले पनि राहत हुन्छ ।

लक्षण

खुट्टामा झन्झनाहट वा कमिला हिँडेको जस्तो अनुभव हुन्छ । दिनको समय बस्ने बेला वा राति सुत्ने समयपनि खुट्टा भारी भएर हल्लाउनु र थकावट आदि हुन्छ ।

यी बानीलाई आजै बदलौँ....

१. राती सुत्नु भन्दा पहिले वा ओछ्यानमा पल्टेको समय पनि खुट्टा हल्लाउनु ठिक होइन । खुट्टा हल्लाउने व्यक्तिलाई आफू भन्दा आफ्नो परिवारको बारेमा बढी चिन्ताले सताउँछ । जसले गर्दा व्यक्तिमा नकारात्मक सोचको लासग ऊर्जा प्राप्त हुन थाल्छ, जुन सकारात्मक सोचमाथि हावी हुन्छ । त्यस्तामा व्यक्ति आप्mनो काम पनि राम्रो साग गर्न सक्दैन र सँधै निराश रहिरहन्छ ।

२. जुन व्यक्ति धेरै चिन्तामा रहन्छ, उसलाई खुट्टा हल्लाउने बानी परिसक्छ । प्राय ः जसो व्यक्ति जसलाई घर–परिवारको बढी चिन्ताले सताउँछ उनले सुत्नेको समयमा पनि खुट्टा हल्लाई नै राख्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 14:51:54

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts