दन्त चिकित्सक रिजाल म्युजिक भिडियो निर्देशनमा 

रिजाल व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता समेत हुन् ।



Download our app to get more features


काठमाडौं, २६ जेठ । दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालको अर्को परिचय पनि थपिएको छ ।

अब उनी म्यूजिक भिडियो निर्देशन गरेर निर्देशक समेत भएका छन् । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले गायक – गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा‘’ को म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो भिडियो पृथक बनेको र यसलाई छिट्टै सार्वजनिक गरिने रिजालले जनाए ।

रिजाल व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता समेत हुन् । भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठका अनुसार सो म्युजिक भिडियोमा अभिनय अन्जु बस्नेत र टंक धमलाको छ । भिडियोको कोरियोग्राफी यूके डान्स अफ २०१६ की फस्ट रनरअप काजल भट्टचन गुरुङको छ भने मेकअप प्रेक्षा बस्नेत गुरुङले गरेकी थिइन् । दन्त चिकित्सक डाक्टर कपिल रिजाल लामो समयदेखी लण्डनमा बस्दै आएका छन् । 
 

Last modified on 2017-06-11 13:08:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts