रामदेवको पतञ्जलीले बनाउने चारवटा औषधि प्रयोगशाला जाँचमा फेल, नेपालमा बिक्रि गर्न नपाइने



Download our app to get more features

काठमाण्डौ, २३ जेठ । भारतका चर्चित योगगुरु रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गर्ने विभिन्न चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ । 

स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्था विभागमा गुणस्तर परीक्षण गर्दा ती औषधि गुणस्तरहीन पाइएकाले नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको जनाइएको छ । बजारमा मौजात ती औषधि तुरुन्त फिर्ता गर्न पनि विभागले सूचनामार्फत निर्देशन दिएको छ । विभागले सबै उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान पनि गरेको छ । प्रतिबन्धिन औषधिहरुमा पतन्जली आयुर्वेदले उत्पादन गर्ने विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् । यी सबै औषधि प्रयोगशाला जाँचमा फेल भएका छन् । 

औषधि ऐन २०३५ को दफा १४ अनुसार औषधि प्रतिबन्धित गरिएको विभागले जनाएको छ । बजारमा रहेका उक्त औषधिहरुको विवरण विभागमा पेश गर्न पनि आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई सूचनामार्फत निर्देशन दिइएको छ । 

Last modified on 2017-06-11 13:10:52

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts