डा. केसीको अनशन फेरि शुक्रवारसम्मलाई स्थगित



Download our app to get more features

काठमाण्डौ, १५ जेठ । एघारौं चरणको अनशन बस्न दाङ पुगेका प्रा.डा गोविन्द केसीले पुनः अनशन स्थगित गरेका छन् । 

संघीय संरचन अनुसार सबै प्रदेशमा एकएकवटा मेडिकल कलेज बनाउने पूर्वसम्झौता अनुसार काम नभएको र अन्य सम्झौता पनि पूरा नभएको भन्दै एघारौं अनशनको तयारी गरेका केसीले शुक्रवारसम्मलाई अनशन स्थगित गरेका हुन् ।

पूर्वसम्झौता अनुसार दाङको राप्ति उपक्षेत्रीय अस्पताललाई पाँच नं प्रदेशको सरकारी मेडिकल कलेज बनाउने प्रकृया अड्किएको भन्दै अनशन बस्न दुर्गम गएको केसीको भनाइ छ । उक्त मेडिकल कलेज बनाउन बनेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधयेक आजै मन्त्रिपरिषद् अन्तर्गतको विधयेक समितिले पास गरेपछि केसीले यसपटक तेश्रो पटक अनशन स्थगन गरेका हुन् । उनका सहयोगीहरुका अनुसार केसीले आफ्ना अन्य सबै माग पूरा गर्न शुक्रवारसम्म सरकारलाई अल्टिमेटम दिएका हुन् ।  

Last modified on 2017-06-14 13:14:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts