यो साल गतवर्षभन्दा ९ लाख बढीले 'ओपिडी' सेवा लिए



Download our app to get more features

काठमाडौ, १५ जेठ । चालु आर्थिकबर्ष २०७३÷७४ को प्रथम आठ महिनासम्ममा अस्पताल तथा स्वास्थ्य संस्थाबाट कुल ३९ लाख ८२ हजार ५ सय ६१ जनाले बहिरंग सेवा (ओपिडी) लिएका छन् । गत आर्थिकवर्ष २०७३÷ ७३ कोे सोही अवधिमा ओपडी सेवा लिनेको तुलनामा यस बर्ष ९ लाख २८ हजार २ सय पन्ध्रजना बढि मानिसले ओपिडी सेवा लिएका हुन् । गतवर्ष सोही अवधिमा  ३० लाख ५४ हजार  ३ सय ४६ जनाले बहिरगं सेवा लिएका थिए ।

स्वास्थ्य सेवा विभागको हेल्थ मेनेजमेन्ट इनफर्मेशन सेक्सन (एचएमआइएस) का प्रमुख मुक्तीराम खनालले पछिल्लो समयमा नेपालीहरुमा स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना बढ्दै गएको र स्वास्थ्य सस्थाँको सङ्ख्या पनि बढ्दै गएकाले बिरामीहरुको सङख्या बढ्दो रहेको बताए ।

अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्भेक्षण प्रतिवेदनले देखाए अनुसार विकास क्षेत्र अनुसार पछिल्लो ८ महिनामा पुर्वाञ्चलमा ४ लाख ६७ हजार ५ सय पचास जनाले  मध्यमाञ्चमाञ्चलमा १९लाख ८६ हजार ४ सय ८५ जनापश्चिमाञ्चलमा ९ लाख ८५ हजार ३ सय १५ जनाले मध्यपश्चिमाञ्चलमाले  २ लाख ९२ हजार ७ सय ३६ र सुदुरपश्चिमाञ्चलमा २ लाख ५० हजार ४ सय ७४ जनाले ओपिडी सेवा लिएका छन् ।

नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा अस्पताल तथा स्वास्थ्य संस्थाबाट ७७ लाख ३३ हजार तीन सय १८ पटक बहिरङ (ओपिडी) सेवा प्रवाह भएको देखिएको छ । ओपिडी सेवा लिने बिरामीको तुलनामा अस्पतालबाट दिएको सेवाको पटक हेर्दा झण्डै दोब्बर देखिएको छ ।‘१ जना बिरामीले दोहो¥याएर या अन्य जाँच गराउने क्रममा धेरै अस्पतालहरुबाट सेवा लिने तथा एउटै बिरामीले धेरैवटा स्वास्थ्य समस्याका लागि ओपिडी सेवा लिनसक्ने भएकाले सो सङ्ख्या बढि देखिएको हो’ एचएमआइएस का प्रमुख मुक्तीराम खनालले भने ।

त्यस्तैगरि चालु आर्थिक वर्षको ८ महिनामा आकस्मिक उपचार सेवा लिनेको संख्या ७ लाख ६८ हजार ८९ छ । वर्ष सोही अवधिमा ३० लाख ५४ हजार तीन सय ४६ जनाले बहिरङ र पाँच लाख ३३ हजार सात सय ७१ जनाले आकस्मिक सेवा लिएका थिए । स्वास्थ्य चेतनासँगै स्वास्थ्य संस्थाको वृद्धिका कारण उपचारमा आउनेको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ । विकास क्षेत्र अनुसार पछिल्लो ८ महिनामा पूर्वाञ्चल १ लाख १८ हजार ७ सय ६२ मध्यमाञ्चल ३ लाख ३३ हजार ४ सय ५८, पश्चिमाञ्चलमा २ लाख ३ हजार १ सय ९२मा मध्यपश्चिमाञ्चलः ४५ हजार ७ सय ६९ र सुदूरपश्चिमाञ्चलः ६६ हजार ९ सय ८ जनाले अस्पतालबाट आकस्मिक सेवा लिएका छन् ।

 

Last modified on 2017-05-30 12:07:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts