विषालु च्याउ खाँदा एकको मृत्यु, १५ जना बिरामी



Download our app to get more features

पाल्पा, १५ जेट । विषालु च्याउ खाएर रामपुर नगरपालिका–३ गैलुकमा एक जनाको मृत्यु भएको छ । १५ जना बिरामी भएका छन् । 

मृत्यु हुनेमा ५२ वर्षीय टेकबहादुर मल्ल रहेका छन् । 

उनकी पत्नी ४६ वर्षीया शोभाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा शुक्रबार राति गैलुक गाउँका १५ जना बिरामी परेका हुन् । अस्पतालका डा. कथितराज घिमिरेका अनुसार उपचार गराउन आएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । सुधार नभएपछि १३ जनालाई मेडिकल कलेजकै अस्पतालमा रिफर गर्नुपरेको छ । 

वर्षाको मौसम सुरु भएपछि जंगली च्याउ निस्कने र त्यसलाई तरकारीका रूपमा पकाएर खाँदा बिरामी परेको रामपुर अस्पतालले जनाएको छ । रामपुर अस्पतालमा केही दिनयता झाडाबान्ताका बिरामीको संख्या पनि बढेको छ । डा. घिमिरेका अनुसार ‘फुड पोइजन’ का कारण बढी समस्या देखिएको छ ।
 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-14 13:21:17

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts