मौसमी रोगबाट जोगिन ध्यान दिनुस् यी कुरामा...



Download our app to get more features

गर्मी मौसममा हामी सावधान हुनु नै हाम्रो स्वास्थ्यको लागि राम्रो हो । किनकी यस मौसममा सानो तिनो लापरवाहीले अनेक किसिमका रोगहरुले आक्रमण गर्न सकिन्छ । यस्तो मौसममा आपूmलाई स्वस्थ राख्न सानो तिनो कुरामा नै ध्यान दिनु आवश्यक हुन्छ ।

विहान वा रातिको समयमा तापक्रममा कमि हुने गर्छ भने दिनको समयमा तापक्रममा वेद्धि भएको हुन्छ । जस कारण गर्मी मौसममा अनेक किसिमका रोगहरुले आफ्नो घर बनाउन सक्छ । त्यसैले यो मौसममा हामी सँधै सजग भएर नै बस्नु पर्छ ।

यस मौसममा जाडोकोे प्रभाव कम हुन थाल्न भने तापक्रम पनि बढ्दै जान्छ । आयुर्वेदका अनुसार पाचनक्रियाको प्रबलताका कारण जाडो मौसममा हामी प्रायः हेब्भी भोजन खाने गर्छौ, जुन कफको रुपमा शरीरमा संञ्चित भईरहन्छ । त्यही गर्मी मौसममा सञ्चित कफ गर्मीको प्रभावले पघ्लिएर शरीरको विभिन्न प्रणालिहरुमा गएर विभिन्न प्रकारका विकारहरु उत्पन्न गरिदिन्छ ।

पाचन क्षमतामा कमी आउने

गर्मी मौसममा तुलनात्मक रुपले हाम्रो पाचन क्षमता जाडो मौसमको तुलनामा कमजोर हुन्छ । त्यसैले यस मौसममा खाइने आहार राम्रो सँग पच्न पाउँदैन । परिणामास्वरुप यसले विषाक्त पदार्थ उत्पन्न हुन्छ, जुन गर्मी मौसममा प्राकृतिक रुपले बढेको कफ सँग मिसिएर रोग प्रतिरोधक क्षमतालाई कम गरिदिन्छ ।

रोग प्रतिरोधक क्षमतामा कमी आयो भने यस्ता रोगहरु लाग्न सक्छ ...

► खोकी

► श्वास सम्बन्धी रोग 

► घाँटीमा संक्रमण

► एलर्जी

► ज्वरो, टाउको दुख्ने 

► सास फुल्ने 

► अल्छीपना, कमजोरी

► पाचन, विकार 

यस मौसममा यी सुझावहरुलाई ध्यान दिनु भयो भने तपाईँ स्वस्थ रहन सक्नु हुन्छ ...

► ताजा र सजिलै पच्ने किसिमको खाना खाने ।

► कफ, हेब्भी खाना, तारेको खाद्य पदार्थ र दूधबाट बनेको खानेकुरा अत्यधिक सेवन गर्नबाट परहेज गर्ने ।

► दिनमा सुत्ने वानी छ भने त्यसलाई त्याग्ने ।

► मन तातो पानीमा सुठो (अदुवालाई सुखाएर) र मह मिसाएर खाने ।

► नियमित रुपमा तिलको तेलले शरीरको मासाज गर्ने ।

► व्यायाम, योग र प्राणायाम गर्ने ।

► आवश्यकता अनुसार तुलसी, ज्वानो, मुलेठीको काढ़ा बनाएर पिउने ।

► वाफ लिने ।

► यस्तो मौसममा शरीरको आन्तरिक प्रणालिहरुको शुद्धताका लागि पञ्चकर्म चिकित्सा विशेष गरी ‘वमन’ क्रिया अर्थात् वान्ता गराउने पद्धती फाइदाजनक हुन्छ । जसलाई आयुर्वेदिक चिकित्सकको सल्लाह अनुसार गर्नु पर्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 13:25:11

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts