आज ‘सुरक्षित मातृत्व दिवस’, दिवस नै धेरै भए भनेर केन्द्रले मनाएन



Download our app to get more features

काठमाडौ, १४ जेठ । आज सुरक्षित मातृत्व दिवस । ‘स्वस्थ आमा स्वस्थ शिशु समृद्ध परिवार’ भन्ने नाराका साथ देशभर बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

केन्द्रीय स्तरमा भने स्वास्थ्य मन्त्रालयले बिगतका वर्षमा जस्तै केही कार्यक्रम नगरिएको परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारीले बताए ।  केन्द्र बाहेक ७५ वटै जिल्लाहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाउन केही समयअघि नै पत्रचार गरिसकेको हुनाले आज देशभर बिभिन्न जनचेतना मुलक कार्यक्रमगरी मनाइँदै गरेको जानकारी दिए ।

‘स्वास्थ्यका धेरै दिवसहरु भए, त्यसलाई न्युनिकरण गर्दै महत्वपूर्ण कार्यक्रम मात्र गर्ने योजनामा पुगेका छौं । त्यसैले यो पटक केन्द्रीय स्तरमा केहि कार्यक्रम गरिएन’ जनस्वास्थ्य प्रमुख अधिकारीले भने ‘बाहिरी जिल्लामा मातृस्वास्थ्यका बारेमा अझै कार्यक्रम आवश्यक देखिएकाले बिभिन्न कार्यक्रमगरी मनाउन निर्देशन दिइएको छ ।’

नेपालमा अझै पनि अधिकांश गर्भवती महिलाहरुले असुरक्षित सुत्केरीका कारण अकालमा ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी, अशिक्षा, गरिबी, सामाजिक परम्परा, अर्पयाप्त जनशक्ति, सम्बन्धित निकायको उतरदायित्व र जवाफदेहितालाई यसको जड रहेको सरोकारवालाहरु बताउछन्  ।

विश्व स्वास्थ्य सगंठनको २०१५ अनुमानित तथ्याङक अनुसार प्रति लाख जिवित जन्ममा दुई सय ५८ मातृ मृत्युदर रहेको छ । हाल देखिएको मातृ मृत्युदर प्रति लाख जिवित जन्ममा दुई सय ५८ भन्दा बढि नै भएको परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारी बताउँछन् । 

‘यसको न्युनिकरणका लागि स्वास्थ्य स्वयम् सेविका दिदीबहिनीले प्रत्येक महिना आमा समुह राखेर ति आमाहरुलाई जानकारी गराइएर निकै योगदान पु¥याएका छन्, अधिकारी भन्छन् ‘गर्भवतीदेखि सुत्केरी अवस्थामा ४ पटक खाने ४ पटक गर्भ जाँच गराउने, सुत्केरी गराउन स्वास्थ्य संस्था नै जानुपर्छ भनेर जनचेतना मुलक जानकारी दिदै आएका छन्, त्यति हुदाहुदै पनि महिलाहरु अझैपनि घरमै सुत्केरी गराउनेहरुको सङ्ख्या उल्लेख्य रहेको छ ।’ उनले यसलाई कसरी कम गर्ने भन्ने तर्फ योजना बनाउदै गरेको जानकारी दिए । 

सुरक्षित मातृत्व गर्भवति तथा सुत्केरी महिला सुरक्षित हुनु भन्ने हो । गर्भवती भएको बेला, सुत्केरी हँुदा र सुत्केरीपछि ६ हप्ताभित्र गरिने विशेष सेवालाई सुरक्षित मातृत्व सेवा भनिन्छ । गर्भवती अवस्था महिलाहरुको लागि विशेष अवस्था हो ।

Last modified on 2017-06-14 13:50:02

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts