गर्मीयाममा अण्डा खाँदा फाइदा हुन्छ की बेफाइदा?



Download our app to get more features

एजेन्सी । अण्डाको सेवनको विषयलाई लिएर लामो समयदेखि विभिन्न अनुन्सधान भैरहेको छ । गर्मी मौसममा अण्डाले गर्मी गर्छ तर यसको सेवनले शरीरमा केही पनि नोक्सान भने गर्दैन । 

बरु, शरीरमा आवश्यक तत्वको कमी पूर्ति गर्न अण्डाले सहयोग गर्छ । अण्डामा भिटामिन ए, डी र अन्य पोषक तत्वको भरपुर मात्रा हुनुका साथै शरीरलाई स्वास्थ्य समेत बनाइराख्छ । 

एउटा गलत धारण के छ भने गर्मीमा अण्डाको सेवनले नोक्सान पुर्याउँछ । अण्डामा सम्पूर्ण तत्व हुन्छ, ठिक त्यही तत्व दुधमा पनि हुन्छ । अण्डाको सेवनले शरीरको गर्मीसँग जुध्ने शक्ति पाउनुको साथै पाचन प्रक्रियामा समेत सहज हुन्छ । यसले उर्जाको स्तर बढाएर थकान समेत हुन दिँदैन । 

गर्मी मौसममा दिनमा २ वटा अण्डा सेवन अपर्याप्त हुन्छ । यो भन्दा धेरै भने खानुहुँदैन । जसले शारीरिक परिश्रम जस्तै जीम, कसरत कुश्ती खेल्छ उसले दैनिक ६ वटा सम्म खान सक्छ । तर आफुले कतिसम्म पचाउन सकिन्छ भन्ने कुरा भने ध्यान दिनुपर्छ । 

अण्डालाई धेरै परिकार बनाएर खान सकिन्छ । कसैलाई काँचो अण्डा दूधमा फिटेर पिउन मनपर्छ भने कसैलाई अम्लेट मन पर्छ । बच्चालाई भने उसिनेको अण्डा धेरै मन पर्नेहुन्छ । 
 

Last modified on 2017-06-14 13:53:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts