गर्मीमा आँखालाई धुलोबाट कसरी जोगाउने !



Download our app to get more features

काठमाडौँ, १२ जेठ । अहिलेको मौसममा विशेषगरी काठमाडौँको सडकमा हिँडडुल गर्दा धुलोबाट सबैभन्दा बढी जोगिनुपर्छ । धुलो तथा प्रदूषणले निकै नै महत्वपूर्ण अंग आँखामा प्रत्यक्ष असर पुर्याउन सक्छ । त्यसो त यो मौसममा रोग पनि लाग्न सक्छन् । सुक्खा मौसममा आँखा पाक्ने, एलर्जी, आँखा सक्खा हुने तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यस्तो रोगबाट जोगिन गर्मी मौसममा आँखाको सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीबारे आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठ यसो भन्छिन् :

• गर्मी मौसममा सबैभन्दा बढी आँखामा लाग्ने रोगहरुमा एलर्जी, आँखा पाक्ने, आँखाको इन्फेक्सन, आँखा सक्खा हुने समस्या हुन् । त्यसैले घरभन्दा बाहिर निस्कँदा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ ।

• हाम्रो आँखा सँधै घाममा पर्दा आँखाको आँसु सुक्खा बनाउन सक्छ । त्यस्तै, घाममा धेरै पर्दा आँखा रातो हुने, आँखा चिलाउने, आँखाबाट आँसु झरिरहने जस्ता समस्या देखापर्न सक्छ ।

• हावाहुरी चल्दा धुलोका कण सीधै आँखाभमा पर्न सक्छन् । त्यसका लागि पनि सबैभन्दा राम्रो उपाय चस्मा हुन सक्छ । चस्माले सीधै धुलोका कणहरु आँखामा पर्न पाउँदैन ।

• कम्तीमा पनि दिनको तीनपटक आँखा, मुख धुनुपर्छ । यस्तो बानीले आँखामा भएको स–साना कीटाणुहरु पानीले पखालेर निकाल्छ । पानीले विस्तारै आँखा पखाल्नुपर्छ । पानीले बेस्सरी छ्याप्दै आँखा पखाल्दा चोट लाग्ने समस्या हुन सक्छ ।

• कुनै कारणवश आँखामा धुलो पर्यो भने मिच्नु हुँदैन । यसरी आँखा मिच्दा आँखामा रहेका धुलोका कण रगडिने हुँदा झन् रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीनसमेत बनाउन सक्छ ।

• आँखामा धुलोका कण पर्यो भने आँखा छिटोछिटो बन्द गर्दै, खोल्दै गर्ने गर्नुपर्छ । यस्तो गर्दा आएको आँसुले धुलो पखालेर बाहिर निकाल्छ । त्यस्तै, लगातार आँखा हेरिरह्यो भने पनि आँखामा धेरै धुलो पर्छ । आँखा छिटोछिटो बन्द गर्दै खोल्दै गर्दा आँखामा धुलो कम पस्छ । यस्तो उपाय अपनाएर आँखा धुलोबाट जोगाउन सकिन्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-14 14:12:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts