पैसा नदिई नर्सलाई काममा लगाउने ग्रीनक्रस हस्पिटलको जग्गा रोक्का



Download our app to get more features

काठमाडौ, ११ जेठ । नर्सहरुलाई तलब नदिने  मोरङ्गको विराटनगरमा रहेको ग्रीनक्रस हस्पिटलको घरजग्गा विक्रि वितरण गर्न नपाउने गरि श्रम कार्यालयले रोक्का गरेको छ । ३५ नर्स र कर्मचारीले  हस्पिटलबाट पारिश्रमिक नपाएपछि श्रम कार्यालय विराटनगरमा २०७३ असार १७ गते मुद्दा दायर गरेका थिए । 

विराटनगर १२ मा रहेको ग्रिन क्रस अस्पतालमा लामो समयदेखि काम गरिहेका स्टाफ नर्स, एएनएम, ल्याव, सिएम ए  सहित ३५ नर्स र कर्मचारीलाई बिना सूचना पारिश्रमिक नदिइकन अस्पतालले निकालेको थियो । 
नर्सहरु मोनिका उपाध्यय, करुणा कोइराला, सविना लम्साल, बविता लेखि, अन्जु कट्टेल, प्रशंसा कोइराला, सिमरन रेग्मी, सम्झना भगत, खसीजा बस्नेत, श्रृष्टी भट्टराई, संगीता सिंहा, अर्चना शर्मा, खनिसाङ राई, कपिल चौधरी, जिवन मगर, शैलेश कुमार गुप्ता, निरज ठाकुरी, सुनीता माझी, अनिता विश्वास, भाग्य रेखा विश्वास, अकालु खवास, रुशा कार्की, भगवती थापा लगाएत ३५ नर्स र कर्मचारीले श्रम कार्यालयमा मुद्दा दायर गरेका थिए । 

श्रम कार्यालय विराटनगरले मालपोत कार्यालय विराटनगरलाई लेखेको पत्रमा सो अस्पतालको नाममा रहेको जग्गा रोक्का राखी यस कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु भन्ने उल्लेख छ । हस्पिटलले नर्स र कर्मचारीलाई ०७३ पौष मसान्तभित्र पारिश्रमिक भूक्तानी गर्ने भनि सम्झौता गरेको थियो ।

सम्झौता अनुसार कर्मचारीले तलब नपाएपछि श्रम कार्यालय विराटनगरले जग्गा रोक्का गर्न मालपोत कार्यालयलाइृ पत्र काटेको हो । श्रम कार्यालयको फैसलापछि अब अस्पतालले नर्सको तलब दिन बाध्य हुनेछ । 
देशभरनै नर्सहरु श्रमशोषणमा परेको गुनासो बढीरहेको  छ । नेपाल नर्सिङ काउन्सिलका अनुसार देशभर ७२ हजार नर्स छन् । वार्षिक ८ हजार उत्पादन हुन्छन् । जसमा १० हजार नर्सले सरकारी अस्पतालमा सेवा दिइरहेका छन् भने २५ हजार नर्सले निजी अस्पतालमा काम गरिरहेका छन् । अन्य नर्सहरु विना पारिश्रमिक र कम पारिश्रमिकमा काम गर्न बाध्य भएको नेपाल नर्सीङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलले बताइन् ।

Last modified on 2017-06-14 14:18:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Luteraa haruko bigbigi chha...hospital kholne.. ani lutne...sakdo kaarbaahi hos...aafnu council ra association ko dhyan jaaos


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts