हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा



Download our app to get more features

नुवाकोट, ११ जेठ । हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । 

औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए । हाइड्रोसिल रोगबाट पीडित शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध गराएकाले यसबाट लाभ लिन सबैमा उनले आग्रह गरे । 

हाइड्रोसिल दुई प्रकारका (जन्मजात र पछि देखापर्ने) बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी सेवा दिन लागेको जनाएको छ । समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए । 

जिल्ला अस्पताल त्रिशूलीले अहिले महिलाको पाठेघर (आङ) खस्ने रोगको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । अर्को महिनादेखि नवजात शिशु (जन्मेको २८ दिनभित्र)को समेत उपचार सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस
 

Last modified on 2017-06-14 14:19:08

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts