दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग



Download our app to get more features

इलाम, ११ जेठ । करुणा फाउन्डेसन नेपाल इलाममा कार्यरत एक कर्मचारीले दृष्टिविहीन बालबालिकालाई १० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । 

फाउन्डेसनमा कार्यरत दिनेश अधिकारीले इलामका सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दुईजना दृष्टिविहीन बालबालिकालाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग प्रदान गरेका हुन् । सहयोग प्राप्त गर्ने जमुना–१ की शिला राई र फाकफोक–९ की रीता लिम्बू छन् । 

अपाङ्गता त्यसमाथि पनि आर्थिक अवस्था एकदमै कमजोर भएका बालबालिकालाई सहयोग गरिएको अधिकारीले बताए । फाउन्डेसनले अपाङ्गता रोकथाम र पुनः स्थापनाको क्षेत्रमा जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालय तथा विभिन्न राजनीतिक दलको समन्वयमा विगत दुई वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस 

Last modified on 2017-06-14 14:20:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts