केही यस्ता सजिलो उपाय, जसले गर्मीमा छालालाई राख्छ सुरक्षीत



Download our app to get more features

अहिले गर्मीको मौसम चलिरहेको छ । चर्को घाम र धुँलो धुँवाले हामी पीडित छौँ । गर्मीमा हामी विभिन्न किसिमका समस्यबाट जुझिरहेका हुन्छौँ । गर्मी याममा विभिन्न किसिमका रोग लाग्ने गर्छ भने गर्मीमा आफ्नो छालाको स्याहार कसरी गर्ने भनेर पनि चिन्तित हुन्छौँ । किनकी छाला हाम्रो अंगको सबैभन्दा संवेदनशिल भाग हो । थोरै पनि हेलचक्र्याईँ गर्यौँ भने विभिन्न किसिममा समस्या देखिन थाल्छ । जस्तै ः छाला चिलाउने, विमिरा आउने, छाला रातो हुने आदि । छालाको यी समस्याबाट राहत पाउन, छालाको देखभाल र सुरक्षाका लागि हामी सचेत हुनु आवश्यक छ ।

घाममा धेरै हिड्नाले हामीलाई अनेक प्रकारका समस्याहरु आउन सक्छ । त्यस अवस्थामा हामीले  छालाको विशेष ध्यान पुर्याउनु पर्छ । 

जानौँ केही सजिलो उपाय, जसले गर्मीयाममा छालालाई सुरक्षीत राख्नमा मद्दत गर्छ : 

१. गर्मीयाममा दिनभरमा ६ देखि ७ गिलास पानी अनिवार्य रुपमा पिउने ।

२. घण् क्एँ भएको सनस्क्रिनको प्रयोग गर्ने र दिनमा तीन पटक सम्म यसको प्रयोग गर्ने ।

३. शरीरलाई सकेसम्म ढाक्ने गरी लुगा लगाउने । हल्का खुकुलो किसिमको लुगा लगाउने जसले पसिना सजिलै बगोस । अनुहारका लागि ह्याट अथवा स्कार्फको प्रयोग गर्ने ।

४. एउटा टबमा मनतातो पानी राख्ने र त्यसमा ६ देखि ७ गिलास दूध मिसाउने र त्यसमा आफ्नो खुट्टा डुबाउने । यसले शरीरको तापक्रम कम हुन्छ र छाला पनि मुलायम हुन्छ ।

५. छाला विशेषज्ञ सँग सल्लाह लिएर मात्र गर्मीका लागि कुनै पनि किसिमको कस्मेटिक सामान किन्ने । बदल्दो मौसम सँगै कस्मेटिक प्रोडक्ट्स पनि बदल्नु पर्छ ।

६. डरमाटोजोजिस्ट (छालारोग विशेषज्ञ) सँग हाइड्रा–फेशियल मेडी–फेशियल गराउन सकिन्छ । यसले छालामा निखार ल्याउँछ ।

७. घामले गर्दा छाला डढेको (सन वर्न स्किन) छ भने एन्टीअक्सीडेन्टयुक्त लोशनको प्रयोग गर्ने । यसले छालालाई निको पार्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 14:21:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts