न्यूरो अस्पतालको हेलचेक्र्याईंले बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित

What's This?


Download our app to get more features

काठमाण्डौ, १० जेठ । राजधानीको बाँसबारी स्थित न्यूरो अस्पतालमा ब्रेन ट्यूमरको शल्यक्रिया गराउने क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त आक्रोशित भएका छन् । 
बर्दिया राजापुरका लोहानी थारुको मृत्यू चिकित्सकको कमजोरीले गर्दा भएको परिवार र आफ्न्तले आरोप लगाएका छन् । 

वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको टिमले थारुको शल्यक्रिया गरेको बताइएको छ । सल्यक्रियामा संलग्न न्यूरो सर्जन डा. बच्चु शिखर श्रेष्ठले सर्जरी जटिल प्रकारको रहेकाले प्रयासका बाबजुद सल्यक्रिया सफल नभएको प्रतिक्रिया दिए । 
बिरामीका परिवार तथा आफन्तले चिकित्सकको गल्तिका कारण मृत्यू भएकोले उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने, अस्पतालले माफी माग्नुपर्ने र क्षतिपूर्ती दिनुपर्ने माग राखेका छन् । 

ट्युमर जटिल स्थानमा रहेको र असामान्य जरा लिएर नसा आएको कारण सल्यक्रियाको क्रममा नसा काटिँदा शल्यक्रिया सफल नभएको उनको दावी छ । अस्पतालले जटिल शल्यक्रिया भएकाले बिरामीका आफन्तको आरोप भावना र आवेगमात्र भएको जिकिर गरेको छ । 

Last modified on 2017-06-14 14:26:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts