आयातित औषधिको मूल्य नियन्त्रण गर्ने सरकारी निर्णयको स्वदेशी उत्पादकद्वारा स्वागत 



Download our app to get more features

काठमाण्डौं, ८ जेठ । नेपाल औषधि उत्पादक संघले स्वास्थ्य मन्त्रालयले ३४ प्रकारका आयातित औषधिमा मूल्य नियन्त्रण गर्ने तयारी गरेकोमा खुशी व्यक्त गरेको छ । 

संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमै उचित मुल्यमा उच्च गुणस्तरीय औषधि उत्पादनको क्षमता राख्दै सर्वसाधारणलई पनि उचित मुल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ । सरकारले ३४ प्रकारका आयातित औषधिमा मूल्य नियन्त्रण गर्ने तयारी गरेसँगै औषधि आयातकर्ता संघले विभिन्न आन्दोलन सुरु गरिरहँदा नेपाल औषधि उत्पादक संघको भने यस्तो प्रतिक्रिया आएको हो । 

नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंखर घिमिरेले आत्मनिर्भर रहेको औषधिमा सरकारले गर्न खोजेको निर्णय स्वागतयोग्य रहेको बताउँदै ३४ वटा मात्र नभई ७० प्रकारका औषधिमा आत्मनिर्भर हुनसक्ने दावी गरे । उनले भने ‘नेपाली उत्पादकहरु आत्मनिर्भर भइसकेको छन्, धेरै औषधिहरु १०÷१० वटा कम्पनीले अत्पादन गर्दै आएका छन् । सरकारले आयात रोक्न खोजेको औषधिमा हामी आत्मनिर्भर भइसकेका छौ’ उनले भने, ‘हामी कुनै पनि हालतमा ती औषधि नेपालमा कमी हुन दिदैनौ ।’

  हाल ४५ प्रतिशत औषधिमा नेपाल आत्म निर्भर भइसकेको र ५२ प्रतिशत भारत र ३ प्रतिशत अन्य राष्ट्रबाट नेपाल आउने औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दिपक दाहालले बताए । उनले राष्ट्रिय औषधि उद्योगको प्रवद्र्धन र औषधिमा आत्मनिर्भरताको लागि नेपाल औषधि उत्पादक संघले सरकारलाई दिएको सुझाव प्रस्तुत गरेका थिए । ‘समसामयिक नीति, अनुसन्धान विकास लगानी, निजी क्षेत्रलाई अनुदान र सहयोगलगायत भारत सरकारले पनि ३५ वटा शीर्षकमा अनुदान दिदै आएको हुँदा आज भारत अगाडी रहेको छ’ उनले भने ‘आत्मनिर्भर भइसकेको औषधि रोकमा किन यती धेरै विरोध ?’ औषधिमा सबै भन्दा धेरै गुणस्तरको कुरा उठाइने हुदा वास्तवमा औषधि गुणस्तरमा कुरा गर्ने होइन, औषधिमा गुणस्तर दिनेमा महासचिव दाहालले जोड दिए ।  

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं औषधि उद्योगी उमेशलाल श्रेष्ठले नेपाल औषधि उत्पादकहरुको कार्यक्षमता तथा दक्षता महाभूकम्पमा प्रमाणित भइसकेको बताए । उनले भने ‘नेपालमा औषधि नपाउला भनेर सरकारले कमिटि समेत बनाएको थियो । एक सिफ्ट मात्र चल्ने नेपाली औषधि उद्योग तीन सिफ्ट चलाएर देशमा कुनै पनि औषधि अभाव हुन दिएनौं’ उनले भने, ‘यो नै नेपाली औषधिको दक्षता हो, सरकारले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन खोज्यो यसमा के गल्ती गर्यो ।’

नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले सरकारले गरेको निणर्यमा नेपाल औषधि उत्पादक संघसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए । नेपाल औषधि प्रवद्र्धन संघका गान्दिप प्रसाद शर्माले नेपाल सरकारले ३४ वटा विदेशी उत्पादकमा नेपाली औषधि उत्पादकहरु आत्मनिर्भर भइसकेको अवस्थामा औषधि विदेशबाट आयात नगर्ने भन्ने निर्णयको विरुद्धमा आफ्नो संस्था लाग्न नसक्ने बताए ।

Last modified on 2017-06-14 15:58:13

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts