रोल्पाः सदरमुकामकै बालबालिका कुपोषित 



Download our app to get more features

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन् । 

बाबु श्यामलाल विक मजदुरीका लागि घरबाट निस्केपछि नफर्कुन्जेल बन्द कोठमा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन् । भोकप्यास लागेपनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै हुन्छ । दाजु विकास विवेकभन्दा १ वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् । 

चालिस वर्ष उमेर पुगिसकेका श्यामलालले ४ वर्षअघि स्थानीय मिझिङकी अप्सरा कामीसँग विवाह गरे । वर्षौटे दुई छोरा जन्मिए पनि आर्थिक समस्याका कारण राम्रोसँग स्याहार गर्न नसकेकाले दुवै छोरालाई कुपोषण भयो । विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशुस्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनः स्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु केही पोषित भएपछि श्यामलाल घर फर्किदा श्रीमती भने घरमा थिइनन् । 
श्रीमतीका वारेमा लामो समयसम्म खोजी गर्दा कसैले काठमाडाँै ईंट्टा भट्टा गएको सुनाए भने कसैले पोइल गई भने तर म भने छोराहरुको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ तर चार महिना बितिसक्दासमेत श्रीमती नफर्केको उनले गुनासो गरे । 

यी छोरालाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने, घरमा अरु कोही छैनन् । काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हँुदैन सुनारले गम्भीर हँुदै भने । नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने गरेकाले दुई छोराको भत्ताबाट केही दिन जुगारा चले पनि बाँकी दिनका लागि भने मजदुरीमै भर पर्नुपर्छ । 

बालबालिकाको ८० प्रतिशत दिमागको विकास २ वर्षमै भइसक्ने भनिए पनि अल्पआहारका विवेक सुस्त विकास भने कम सुस्त छन् रासस 

Last modified on 2017-06-14 15:59:16

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts