मिर्गौला फेल गराउने प्रमुख कारण : ब्लड प्रेसर र सुगर (भिडियो सहित)



Download our app to get more features

छिल्लो समय उच्च रक्तचाप र सुगरका बिरामी बढिरहेका छन् । बिलासी जीवनशैली, मन्द विषादि युक्त खानपान र अस्वस्थ वातावरणका कारण यस्ता बिरामी बढेको देखिन्छ । उच्च रक्तचाप र सुगरले मिर्गौलामा गम्भीर समस्या ल्याउन सक्छ । मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शमशेर राणायसो भन्छन् ...

पछिल्लो केही वर्ष यता उच्च रक्तचाप र सुगरका बिरामीको संख्या एकदमै बढेको छ । विभिन्न कारणले यस्ता बिरामीको संख्या बढेको त छ नै, यसले अन्य दीर्घ र गम्भीर रोग निम्ताउन पनि महत्वपूर्ण भूमिका गरेको छ । उच्च रक्तचाप र सुगर हुने सबैलाई मृगौलामा समस्या हुन्छ भन्ने हैन । तर तुलानात्मक रुपमा उच्च रक्तचाप र सुगर हुनेलाई मिर्गौला रोगको जोखिम उच्च हुन्छ । 

हुन त मिर्गौलामा कुनै पनि समस्या आए सुरुवाती चरणमै थाहा नहुन सक्छ । अत्यन्त ढिला मात्र लक्षणहरु देखिने भएकाले पनि स्वस्थ रहँदै कम्तिमा वर्षको एक पटक मिर्गौलाको परीक्षण गर्नुपर्छ । उच्च रक्तचाप र सुगर हुनेले चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नुको साथै खानपान र व्यायम माध्यान दिनुपर्छ ।

मिर्गौलामा समस्या आए यस्ता लक्षण देखिन्छन् :

  • खाना अरुची हुने ।
  • हात खुट्टा सुन्निने ।
  • पिसाबमा प्रोटिन(फिँज) जाने ।
  • थकाई लाग्ने ।
  • श्वासप्रश्वासमा समस्या हुने ।
  • कुनै पनि रोग लागे औषधि सेवन गर्दा पनि छिट्टै निको नहुने ।

उच्च रक्तचाप र सुगर भए मिगौलालाई यसरी बचाउने :
मिर्गौला रोग दीर्घ र महंगो भएकाले पनि हरतरहले सचेत रहनुपर्छ यसलाई स्वस्थ राख्न । उच्च रक्तचाप र सुगरलाई नियन्त्रणमा राख्नु धेरै रोगबाट बच्ने पहिलो आधार हो । यदी बढी भैहालेको अवस्थामा लापर्वाही गर्नु हुँदैन । चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्ने, अन्य अंगमा कुनै असर गर्यो की परीक्षण गराउने, सक्रिय जीवनयापन जीउने, समय समयमा मृगौलाको परीक्षण गराउने र स्वस्थ खानपान र जीवनशैली अपनाउँदा उच्च रक्तचाप र सुगरका बिरामीले मृगौलालाई स्वस्थ राख्न सक्छन् । 

भिडिये हेर्नुस् ।

Last modified on 2017-06-14 15:59:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts