मिर्गौला रोग लाग्ने प्रमुख कारण हो वायु प्रदूषण !



Download our app to get more features

बढ्दो जनसंख्या र सवारीसाधनको प्रयोगले वायु प्रदूषणमा पनि वृद्धि हुँदै गइरहेको छ । हामीले आफ्नो स्वास्थ्यका लागि धेरै उपायहरु अपनाउने गर्छौ साथै आफ्नो सुविधाका लागि सवारी साधनको प्रयोगमा पनि बढी नै दिने गर्छौ । नियमित कामकाजका लागि प्रयोग गरेर बाँकी रहेका सामान वा कुहिएका सामानहरु जथाभावि फाल्ने गर्छौ । ती फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गरेनौ, हामीले चलाउने वा चढ्ने सवारीसाधनले धूवाँ फाल्ने, मरेको जनावरको व्यवस्थापन नभएमा, ठूला कारखानबाट निस्कने फोहोर–धुँवा, सडक बनाउँदा÷खन्दा, नालाको उचित व्यवस्थापन नहुँदा आदिबाट वायु प्रदूषण हुने र बढ्दै गइरहेको छ । 

वायु प्रदूषणले भिविन्न किसिमका रोगहरु लाग्ने गरेको हामीलाई थाहै छ । वायु प्रदूषणले गर्दा श्वास–प्रश्वास सम्बन्धी रोग, छाला सम्बन्धी रोग, मुटु सम्बनधी रोग, मिर्गौला रोग आदि लाग्न सक्छ । 

अहिलेको समयमा मिर्गौला रोग एकदमै चर्चित रोगको रुपमा आएको छ । सामान्यतया जो कोहीको मुखबाट मिर्गौला रोगबाट ग्रसित छु वा छ भन्ने सुन्न सकिन्छ । हालै गरिएको एक अध्ययनका अनुसार वायु प्रदूषण मिर्गौला रोगको मुख्य कारण रहेको पनि देखाएको छ । 

अनुसन्धानका क्रममा वायु प्रदूषणले मिर्गौला रोगको विकासको सम्भावनामा वृद्धि भएको पाइएको छ । जुन मिर्गौला रोगका लागि प्रमुख कारण समेत मानिएको छ । 

लामो समयसम्म रहने कणहरुको आवरण मिर्गौला रोगको जोखिमसँग सम्बन्धीत रहेको बताइएको छ । पछिल्ला केही अध्ययनले वायु प्रदूषणको अत्याधिक आवरणले स्वाँस र मुटुको रोगमा प्रत्यक्ष असर पार्न सक्ने पुष्टि गरेको छ । 

अनुसन्धानकर्ताहरुको एक समुहले चीनका २ सय ८२ वटा शहरमा ७१ हजार १ सय ५१ रोगिहरुमाथि गरेको मिर्गौला परिक्षणको विश्लेषण गरेका थिए । 

चीनका साउथर्न मेडिकल विश्वविद्यालयका फैन फैन हाउले भने, ‘चीनमा पछिल्लो एक दशकमा मिर्गौला रोगको खतरा दुईगुणाले बढेको छ, जसको सम्बन्ध वायु प्रदूषणमा पाइने स–साना कणसँग छ ।’ 

यो अध्ययन ‘जर्नल अफ द अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी’ पत्रिकामा प्रकाशित छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 16:00:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts