विश्व स्वास्थ्य सङ्गठनको ठूलो रकम यातायात खर्चमा



Download our app to get more features

लन्डन (बेलायत), ८ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ठूलो रकम यातायात खर्चमा हुने गरेको छ ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव भइरहेको सन्दर्भमा डब्लूएचओद्वारा वार्षिक रुपमा ठूलो धनराशि भ्रमणमा खर्च हुने गरेको जनाइएको छ । 

डब्लूएचओले वार्षिक रुपमा दुई अर्ब अमेरिकी डलर आफ्ना प्रतिनिधिलाई विभिन्न देशमा काम पठाउँदा खर्च हुने गरेको र यो रकम विश्वमा केही जटिल स्वास्थ्य समस्यामध्ये एड्स, क्षयरोग वा मलेरियाका लागि खर्चिने रकमको तुलनामा धेरै नै ठूलो राशि हो । 

विश्व समुदायसँग स्वास्थ्य सङ्कटलाई टार्न थप धनराशिको माग गरिरहेको राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले आफ्नै यातायात खर्चलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको यस विषयमा एपीले प्राप्त गरेको कागजातमा जनाइएको छ । 

गत वर्ष डब्लूएचओले एड्स र हेपाटाइटिस नियन्त्रण प्रयासमा क्रमश ७१ करोड अमेरिकी डलर र ६१ करोड अमेरिकी डलर, मलेरिया र क्षयरोग नियन्त्रण प्रयासमा ५९ करोड अमेरिकी डलर खर्च गरेको थियो । गत वर्ष उक्त संस्थाले केही स्वास्थ्य कार्यक्रमलाई वैकल्पिक बजेटको जोहो गर्न बाध्य रहेको थियो । रासस
 

Last modified on 2017-06-14 16:01:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts