नवजात शिशुको स्याहार गर्ने ‘नियोनेटल केयर’ को अवधारणा के हो ? 



Download our app to get more features

नियोनेटल केयर युनिट नेपालको सन्दर्भमा नयाँ सोचाइ र प्रयोग हो । बिदेशमा यो सेवा भएता पनि नेपालमा हालसालै मात्र सुरु भएको छ । जसको माध्यमबाट नवजात शिशुको स्याहार सुसार कसरी गर्ने लगायतका विविध कुरा सिकाइन्छ ।

के हो त नियोनिटल केयर ? 
नियोनेटल केयर युनिट नेपालको लागि एउटा नयाँ विषय हो । नवजात शिशुको स्याहार सुसार कसरी गर्ने, अस्पतालमा गएर बच्चा जन्माउने मात्रभन्दा पनि घरमा गइसकेपछि पनि बच्चाको स्याहार सुसरा के कसरी गर्ने भन्ने कुरा यसमा सिकाइन्छ । 

यसमा विशेष गरी आमा, बुवा र बच्चाको संलग्नता रहेको हुन्छ । सुत्केरी भएर अस्पतालमा रहँदा सबै सेवा अस्पतालले दिन्छ तर त्यसपछि घरमा गएर बच्चाको हेरचाह र स्याहार कसरी गर्ने, त्यसमा आमाबुवाको भूमिका के कस्तो हुन्छ ? ती विषय वस्तु केयर युनिटमा सिकाइन्छ ।

सुत्केरी भए पछिको अवस्थामा आमा, बुवा र बच्चालाई तीन दिनसम्म अस्पतालमा राखिन्छ । यस समयमा बच्चालाई कसरी दुध खुवाउने, कसरी हेरचाह गर्ने, बच्चा रोएमा किन रोएको छ भनेर कसरी पत्ता लगाउने लगायतका कुरा सिकाइन्छ ।  

बच्चामा देखिने विभिन्न समस्या, तिनका लक्षण, बच्चा के के कारण ले रुन्छ भन्ने कुराहरु घरमा गए पनि अप्ठारो नपरोस भनेर यस युनिटमा सिकाइन्छ । यसमा बुवाको भूमिका विशेषगरी आमाको खानपीन र हेरचाह रहन्छ । बुबाले आमाको मनोभावना बुझेर सहयोग गर्नुपर्छ । जसको सहयोगले आमा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्छ । आमा शारीरिक र मानसिक रुपमा राम्रो भएमा बच्चाको पनि स्वास्थ्य मजबुत हुँदै जान्छ । जुन कुराहरु नियोनिटकल केयर युनिटले सिकाउँछन् । 

युनिटको भूमिका अस्पतालमा सिकाउने कुरामा मात्र सीमित रहँदैन । सिकाएको कुरा उनीहरुले लागु गरे नगरेको तथा कुनै समस्या छ कि भनेर अस्पतालबाट गएको तीन दिन, सात दिन, १५ दिन, एक महिनामा फोन गरेर समेत जानकारी लिन्छन् । साथै उनीहरुमा कुनै समस्या भएमा फोन मार्फत नै जानकारी समेत दिने गरिन्छ । उनीहरुमा पनि कुनै समस्या परेमा २४ सैं घण्टा फोन गर्न सक्छन् । 

यस्तो सेवा म कार्यरत ग्राण्डी अस्पतालबाट पनि दिँदै आएका छौं । यो सेवा अस्पतालमा जन्मीएका अभिभावकलाई मात्र सीमित नगरी नेपालमा कुनै पनि बच्चामा समस्या भएमा फोन मार्फत पनि जानकारी दिनुको साथै सेवा दिँदै आएका छौं ।

कुनै पनि समयमा बच्चाको कारण आमा बुवामा परेको समस्याको समाधान गर्न सहयोग गर्छौ । जसले उनीहरुको मानसिक पिडालाई कम हुन्छ । रातको समयमा बच्चा रोयो भने कहाँ लाने ? यस्तो अवस्थाम फोनबाट पनि सहयोग गर्छौ । फोनबाट सबै सेवा निशुल्क रुपमा दिने गरिएको छ । 

नेपालमा यसलाई निरन्तरता दिन सकियो भने नवजात शिशुका कारण परिवारमा हुने समस्यालाई समाधान गर्न सहयोग पुग्छ । नेपालीले बच्चालाई धेरै माया गर्छन् तर उनीहरुलाई ज्ञान नभएका कारण माया गरेर मात्र हुँदैन । नवजात शिशुको सहि हेरचाह कसरी गर्नु पर्छ भन्ने कुरा पनि थाहा पाउनु महत्वपूर्ण रहन्छ ।

(बालरोग तथा नवजात शिशु विशेषज्ञ डा. साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बालरोग विभागका निर्देशक हुन् ।)

Last modified on 2017-06-11 17:29:59

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts