यमनमा हैजाका कारण दुई सय बयालीसको मृत्यु : डब्लुएचओ



Download our app to get more features

साना (यमन) , ६ जेठ । यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २ सय ४२ पुगेको छ भने झन्डै २ हाजार ३ सय ५ पाँच सय व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । 

यमनस्थित डब्लुएचओको कार्यालयले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रूपमा फैलिएकोे बताएको छ । सो कार्यालयले बिहीबारमात्र २३ जना यमनीको हैजाका कारण मृत्यु भएको बताएको छ ।

डब्लुएचओका नेभियो जागारियाका अनुसार एकै दिनमा २३ जनाको मृत्यु भएको र करिब तीन हजार शंकास्पद विरामी उपचारका लागि सम्पर्कमा आएको बताए । 

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई बुधबार दिएको जानकारीमा यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन् । 

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्रा्ष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यहाँको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन् । 

हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरूमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ । 

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको हो । यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरूमा समेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरूलाई उपचार गर्ने उचित स्थानको समस्या रहने गरेको छ । रासस

Last modified on 2017-07-01 13:44:09

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts